६१औं विद्यार्थी एकता दिवश भव्य रुपमा सम्पन्न

काठमाण्डौ । अखिल(क्रान्तिकारी एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा ६१औं विद्यार्थी एकता दिवश भव्य रुपमा सम्पन्न भएको छ । रत्नपार्कको शान्ति वाटिककामा एक समारोहको आयोजना गर्दै सो संगठनले विद्यार्थी एकता दिवश मनाएको हो । कार्यक्रममा संगठनका संयोजक महेशश्रेष्ठ,क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हरिभक्त कंडेलको सम्बोधन रहेको थियो । संयोजक श्रेष्ठले विद्यार्थी एकता दिवशको सन्दर्भ बताउँदै विद्यार्थीहरुले गरेको आन्दोलनको सपना साकार हुन नसकेको बताउनु भयो । वहाँले निजीकरण ,व्यापारीकरण र माफियाकरणले शैक्षिक क्षेत्र आक्रान्त बनेको उल्लेख गर्नुभयो । देशमा दिनानुदिन विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै वहाँले यसलाई रोक्नु भन्दा पनि सरकारले बढवा दिइरहेको बताउनु भयो । विद्यार्थी दिवशको इतिहास भनेको राष्ट्रियता ,जनतन्त्र ,जनजिवीकाको संघर्षको दिन हो भन्दै अब यो व्यवस्थाको विरोधमा आवाज उठाउनु पर्ने कुरामा जोड दिनु भयो र त्यसको नेतृत्व आफूहरुको संगठन अखिल क्रान्तिकारीले गर्ने पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेलले ६१औं विद्यार्थीदिवशको शुभकामना दिँदै विद्यार्थी दिवशलाई जनताको पक्षमा मनाउनु पर्ने कुरामा जोडदिनु भयो ।नेपालको विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहास रहेको उल्लेख गर्दै शिक्षा ,स्वास्थ्य दलाल पुँजीपति तथा नव धनाढ्यको हातमा गएको बताउनु भयो ।विद्यार्थी आन्दोलनले राजनीतिक आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै अब पनि विद्यार्थीहरुले त्यसलाई निरन्तरता दिनु पर्ने कुरा बताउनु भयो । अहिले व्यवस्था परिवर्तन भएको भए पनि जनताका मौलिक अधिकारहरु कार्यान्वयन हुन नसकेको उल्लेख गर्नु भयो । आफूलाई कम्युनिष्ट बताउनेहरु अहिले उदारीकरण तथा निजीकरणको पक्षपाती रहेको बताउनुभयो । देशमा व्याप्त विकृति विसंगतिको विरोधमा युवा विद्यार्थीहरुले सचेत ढंगले संघर्षलाई अगाडि बढाउनु पर्नेकुरामा जोड दिनु भयो । अवसरवादी तथा प्रतिगमनकारी शक्तिहरुले फेरी फाइदा उठाउन खोजिरहेकाले त्यसको विरोधमा क्रान्तिकारी कम्युनिष्ट पार्टी सदैव लाग्ने उल्लेख गर्नु भयो ।


कार्यक्रमा श्रमिक कम्युनिष्ट पार्टी नेपालको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सह संयोजक नवराज वि.क. मोहन वैद्य नेतृत्वको विद्यार्थी संगठनमा प्रवेश गर्नु भएको छ ।वहाँलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेलले क्रान्तिकारीको झण्डा हस्तान्त्रण गर्दै स्वागत गर्नु भएको हो । कार्यक्रमको सञ्चालन संगठनका कार्यालय सदस्य नेत्रबहादुर शाहीले गर्नु भएको थियो । कार्यक्रम शुरु हुनुभन्दा पहिले जुलुश गरिएको थियो ।जुलुश शान्तिवाटिका , जमल ,घण्टाघर हुँदै पुनः शान्तिवाटिका मै आएर सभामा परिणत भएको थियो । अखिल (क्रान्तिकारी ) जिन्दावाद ,वीरशहिदहरु लालसलाम ,शैक्षिक व्यापारीकरण र निजीकरण बन्द गर ,दलाल हरु होसियार , विद्यार्थी एकता दिवस जिन्दावाद । बढ्दो महंगी नियन्त्रण गर जस्ता नाराहरु लगाइएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित