सडक किनाराका जोखिमयुक्त नाली

सडक छेउ छाउमा रहेका जीर्ण र अव्यवस्थित नालीहरु व्यवस्थापनको कुरालाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिएको देखिँदैन । सडक छेउछाउमा रहेका नालीहरुमा वरपरबाट बगेर आउने फोहरहरु बगेर जाने गर्दछ । निकासकोलागि भनेर नालीहरुको निर्माण गरिएको हुन्छ । फोहोर राम्रोसँग बगे नबगेको बारेमा सम्बन्धित निकायको ध्यान गएको देखिँदैन ।
सडक वरपर रहेका नालीहरुमा ठोस फोहोर पदार्थहरु थुप्रिने, फोहोरको कारण थुनिएर सडक जामहुने जस्ता समस्याहरु देशभरि छन् । नालीका ढकन खुला भएका कारण पैदल यात्रीहरु हिँड्दा चिप्लेर लड्न सक्ने ,बच्चा, बुढाबुढी अशक्तहरु दूघर्टनामा पर्न सक्ने खालका छन् । त्यो मात्रै होइन नालीहरुमा तरल फोहर पदार्थ बग्ने भएकाले तिनीहरुबाट दूर्गन्ध फैलिन सक्छ । दूर्गन्धले मानव स्वास्थ्यमा असर पार्दछ ।
“सडक वोर्ड ऐन २०५८” सडक मर्मत सम्बन्धी ऐन हो । यस ऐनको दफा ४१ अनुसार सडक बोर्ड निर्देशिका २०६१ ”जारी गरिएको छ । यस निर्देशिकाले नेपालका सडकलाई चार भागमा विभाजन गरेको छ १. राजमार्ग २.सहायक मार्ग ( राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सडक वा राजमार्ग र व्यापारिक केन्द्र ,पर्यटकीय तथा औद्योगिक केन्द्र जोड्ने सडक ,जसमा कम्तीमा दिनमा १ सयवटा सवारी साधन गुडेको हुनु पर्दछ )
३.जिल्लासडक(जिल्ला भित्रको कुनै वस्तीलाई वा गाउँलाई जोड्ने सडक)
४. ग्रामीण तथा कृषि सडक (जिल्ला भित्रको एउटा गाउँदेखि अर्को गाउँ जोड्ने सडक)
सडक बोर्ड निर्देशिका २०६१ले सडक सम्बन्धी निकायले सडकको दायाँ,बायाँ मर्मत, सम्भार सुधार गर्नु पर्ने व्यवस्था गरेको छ । निर्देशिकाले जोेखिम व्यवस्थापन सम्बन्धी उपाय अपनाउने पनि भनेको छ । सडक जुन स्तरको सडक हो । त्यो स्तरको सेवा प्रदायक क्षमतामा राख्ने पनि भनिएको छ । निर्देशिकाले हरेक वर्ष सडक बोर्डले सडक मर्मत सम्भार सम्बन्धी सूची तयार गर्ने र सडक मर्मत सम्भार गर्ने निकायले निर्धारित मापदण्ड बमोजिम मर्मत तथा सम्भार गर्नु पर्ने भनिएको छ । निर्देशिकाले सडक किनारको मर्मत सम्भार ,सडकमा उम्रेका घाँस सफा गर्नु पर्ने, सडक किनारमो ढल सफाइ गर्नु पर्ने, कल्भर्ट सफाइ गर्नु पर्ने भनिएको छ ।
काठमाण्डौमा कलंकीदेखि बल्खु सम्म दुवैतर्फका सडक किनारमा रहेका नालीलाई छोपेर राखेका छप्पर (ढकनी) फुटेर कैयौं ठाउँमा ठूला ठूला भ्वाङ परेका छन् । काठमाण्डौमा सडकका छेउछाउमा सोलार वत्तीहरु राखिएका छन् । ती सोलार वत्तीहरु कैयौं बिग्रिएका छन् । त्यसलाई सफा गर्ने र मर्मत गर्ने काम पनि हुन नसकेकाले रातिमा दूघर्टना पर्न सक्ने खालको छ । सडक किनारमा हिँड्ने यात्रीहरु सडक किनारका नालीमा खस्न सक्ने ,घाइते हुन सक्ने खतरा छ । वर्षात भएका बेला नालीमा खसेर मृत्यु नै हुन सक्ने खतरा पनि छ । नेपालका कतिपय ठाउँमा नालीमा छिरेर ,पानीले बगाएर मृत्यु भएका घट्नाहरु छन् । त्यस्ता घटनाबाट जोगिन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । काठमाण्डौको रिङ्रोड चिनियाँ कम्पनीले बनाएको हो । सडक किनाराका नालीहरुजीर्ण भएका छन् । नालीहरुलाई व्यवस्थित नगराउँदा वर्षाको समयमा होस या धेरै पानी परेको समयमा मानिस नालीमा परेर बगेर दूर्घटना हुन सक्दछ । यस्तो अवस्थामा नालीहरुको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जानु पर्दछ । नालीलाई सर्वप्रथम ढकनी लगाउनु पर्दछ । टुटेफुटेका ढकनीहरुको मर्मतमा चाँडो भन्दा चाँडो मर्मत गर्नु पर्दछ । कहाँ कुन स्थानको नालीहरु कस्तो अवस्थामा छन् राम्रोसँग हेर्नु पर्दछ । कलंकीदेखि बल्खुसम्म काठमाडौं महानगरपालिका वडा नं. १४ पर्दछ । वडास्तरका सार्वजनिक सुनुवाईमा जनताले सडक किनाराका टुटेफुटेका, भ्वाङ परेका नालीहरु मर्मत गर्न माग गरेका छन् । तर लामो समयदेखि त्यसप्रति सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । काठमाडौं महानगरपालिका वडा नं. १४ ले चक्रपथ सुधार आयोजनालाई मर्मत गर्न निवेदन लेखेको छ तर कैयौं महिनादेखि ती टुटेफुटेका मर्म भएका छैनन् । देशभरिका यसप्रकारका जीर्ण र जोखिमयुक्त नालीहरु मर्मत गरिनुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित