सिराहा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १३ नम्बर ब्युरोको प्रशिक्षण र बैठक २०८२ साल जेष्ठ २९ र ३० गते सिराहा जिल्लाको गोलबजारमा सम्पन्न भएकोछ । पि .बि.एम. तथा ब्युरो ईन्चार्ज रमेशको अध्यक्षतामा सन्चालित एकदिने प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य राम सिंह श्रीसले पोलिटब्युरो र स्थायी समितिका बैठकले लिएका निर्णयहरूलाई कार्यान्वयन गर्ने बारे प्रशिक्षण दिनु भएकोथियो । पि. बि. एम. तथा ब्युरो ईन्चार्ज रमेशले १३ नम्बर ब्युरोका समस्या र आगामी कार्ययोजनाबारे प्रशिक्षण दिनु भएकोथियो । जेष्ठ ३० गते १३ नम्बर ब्युरो सेक्रेटरी विश्वासको अध्यक्षतामा बसेकोथियो । बैठकले तत्काल जिल्लाहरूको बैठक बस्ने र असार ५ देखि भ्रष्टाचार विरोधी अभियान यस ब्युरोमा सर्लाहीबाट सुरुगर्ने निर्णय गरेकोछ ।

