काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यवाहक महासचिव सीपी गजुरेलले दलितमाथि थोपरिएको उत्पीडन र विभेदलाई केवल दलित समुदायको समस्या नभई राष्ट्रकै समस्या भएको बतानु भएको छ।
क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालद्वारा काठमाडौंको न्युरोड पिपलबोटमा आयोजित ‘जागरण जनयात्रा ः उत्पीडित दलित समुदायको न्याय, समानता र अधिकार प्राप्तिको संकल्प’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका राख्नुभएको हो।
गजुरेलले जागरण जनयात्रा अभियानलाई दलित समुदायभित्र मात्र सीमित नराखी सारा नेपाली माझ पुर्याउनुपर्नेमा जोड दिँदै, “मान्छेलाई छुनै नहुने प्रथा र परम्पराले दलितमाथि ठुलो अन्याय भएको छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार उत्पादनका साधन, विशेषगरी जमिनमाथि दलित समुदायको स्वामित्व अत्यन्त न्यून छ, जसका कारण दलितहरूको जीवनस्तर सुधार हुन नसकेको हो। “दलित समुदायका ९० प्रतिशतसँग जीवन निर्बाह गर्न पर्याप्त जमिन छैन,” गजुरेलले तथ्य प्रस्तुत गर्दै भन्नुभएको छ, “विशेषाधिकार भनेको केवल समावेशीको प्रश्न होइन, यो क्षतिपूर्ति स्वरूप थप अधिकारको ग्यारेन्टी हो।”
संविधान २०७२ निर्माणको प्रक्रियामा दलित अधिकारका सवालमा गम्भीर छलछाम भएको आरोप लगाउँदै गजुरेलले दलित समुदायको अधिकार सुनिश्चितताका लागि ठोस राजनीतिक सङ्घर्ष आवश्यक रहेकोमा जोड दिए। उहाँका अनुसार जातीय विभेद अन्त्य नगरी समानतामूलक समाज निर्माण सम्भव छैन र त्यसका लागि जागरण अभियानले निर्णायक भूमिका खेल्न सक्छ।
उद्घाटन समारोहमा प्रमुख अतिथि रहेनु भएका गजुरेलले क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालको झण्डा फहराएर अभियानको औपचारिक सुरुवात गर्नु भएको छ। कार्यक्रममा दलित र उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि निरन्तर सङ्घर्षको आवश्यकता रहेकोमा गजुरेलले जोड गर्नुभएको हो।
दलित माथि थोपरिएको उत्पीडन राष्ट्रको समस्या हो ः सीपी गजुरेल
Comments

