– सुनिता बस्याल, चेन्नै
उत्तरबाट बादल आउदा उत्तर तिरै नजर
मात्रीभूमि नेपालको सोध्छु खबर
गाउँको पानी नदी हुदै आउँछ सागर भेटन
सागर छेउमा बसी रून्छु याद मेटन
भिषा आयो विदेश जान हवाइ जहाज चढियो
विदेशमा पुगे पछि हामी ठगियो
गाउघर छोडेर विदेशको शहर
कहिले पुग्ला गरिवको मनको रहर
बालबच्चा राम्रो सँग पढालेखाई गराउन
विदेश तिर लागियो पैसा कमाउन
मालिकनी र मालीकको टर्चर हामी सहेर
कति बसौ विदेशमा एक्लो भएर
धनपैसा कामाउन छैन कतै सजिलो
ऋणको भारले जिन्दगी भयो वोजिलो
ऋणबाट मुक्त हुन विदेशमा पुगियो
गरिवको सहरा हुन्न बल्ल बुझियो।
आमा बाउले अर्थी दिदा पढ्न लेख्न मानीन
विदेशमा काम गर्दा वोल्न जानीन
पढाइलेखाइ ठूलो रहिछ पढ्नु पर्छ नारीले
अज्ञान्ताको पर्दा अव तोडौ हामीले
भिटिङ भिषामा मजदूर विदेश पठाउने
सरकारको धन्दा रहेछ पैसा कमाउने
जनताको सुरक्षा र कुशासनमा सरकार
सरकारले नै गर्न थाल्यो मानव तस्कर
चेलीको पीडा मर्म यो सकारले बुझ्दैन
बहुविवाहको कानुन ल्याउन दिनुहुदैन।
सरकारलाइ सचेत बनाउ गल्ती गरे खबरदार
उठौ चेली बनौ सचेत राखौं सरोकार ।

