मई दिवसका सन्दर्भमा केही कुरा

 

ईश्वर तिमिल्सिना

एक सय चालीस बर्ष आसपास अगाडि हाते औजार वा मेसिनसँग जोडिएर श्रम गर्ने मजदुरहरुका निम्ति ८ घण्टा कार्य दिनको माग र त्यसका निम्ति बलिदानीपुर्ण संघर्ष मजदुर आन्दोलनको ऐतिहासिक मोड हो। सोह्र, अठार घण्टा कठोर श्रम समय प्रचलनमा रहेको तत्कालीन औद्योगिक मुलुकहरूमा मजदुरहरुका जीवनमा सुधार ल्याउन उठाइएको ८ घण्टे कार्य दिवसको मागले आज सम्म पनि महत्व राख्दछ । यो माग दुरगामी महत्वको थियो भन्ने प्रष्ट छ ।

अमेरिकी मजदुरहरुले उठाएका पटक पटकका हडताल र आन्दोलनले १८८६ मा प्राप्त गरेको उत्कर्ष बिरताका दृष्टिले ,बलिदानका दृष्टिले र प्रेरणाका दृष्टिले सन्सारभरका मजदुरहरुका निम्ति आज पर्यन्त पथ प्रदर्शन गरेको छ । १४–१५ औं शताब्दीमा युरोप पुँजीवादी उत्पादन पद्धतिमा प्रवेश गर्यो । सोही बखत विकास भएको हाते मेसिनमा काम गर्ने ज्यालादारी कामदारको रुपमा काम गर्ने मानिसलाई मजदुर(धयचपभच यच बिदयगच) भन्न थालियो ।

नेपाली मजदुरहरुको संघर्षको इतिहास पनि सात दशक भन्दा लामो भएको छ । बिक्रम सम्वत १९९३ बिराटनगर जुटमिल स्थापना पछि नेपाली मजदुरवर्गको उदय भएको मान्न पर्छ। पहिलो उद्योग हुनुको नाताले नेपाली मजदुरहरुको इतिहास नब्बे बर्षको इतिहास हो । तर यहाँ सम्म आइपुग्दा मजदुरको परिभाषा विस्तारित हुँदै गएको छ। उत्पादन र वितरणका पद्धति जतिजति विकसित हुँदै जान्छन श्रम बजारको चरित्र पनि व्यापक हुने गर्छ । पेशागत चरित्रका दृष्टिले मजदुरहरुमा विविधता भए पनि साझा दृष्टिकोण र हितका प्रश्नमा समानताका आधारमा मुद्दाहरूको सैद्धान्तिकरण गर्न पर्ने हुन्छ । त्यसका निम्ति केही राष्ट्रिय अन्तर्राष्ट्रिय बिषयमा बुझाइमा समानता होस् भन्ने उद्देश्यले केही बिषयलाई यहाँ राख्न चाहान्छु ।

१) आज विश्वमा साम्राज्यवाद–पूँजीवादले खडा गरेको उदारीकरण, निजीकरण, भुमण्डलीकरण र व्यपारीकरणको महाजालले मजदुर वर्गलाई चर्को श्रम शोषण, उत्पीडन र दमनको शिकार बनाइरहेको छ ।

२) दोस्रो विश्वयुद्धपछि गठन भएको पूँजीवादीहरुको साझा संस्था संयुक्त राष्ट्रसंघ मार्फत अन्तर्राष्ट्रिय मुद्राकोष (क्ष्ःँ) र विश्वबैंकद्वारा विश्वको अर्थतन्त्र नियन्त्रण गर्न र परिचालान गर्न विश्वका करोडौं मजदुहरुको दैनिक जीवनमाथि खेलवाड गर्दै श्रमको दोहन गरेर एकाधिकार पूँजीको केन्द्रीकरण गरी कालो धन जम्मा गर्ने कार्य हुदै आएको छ ।

३) साम्राज्यवादले विश्वका कैयौं देशहरुमा सैनिक परिचालन गरेर वा कतिपय देशका शासकरुलाई आफ्ना दलाल बनाएर उक्त देशमा भएका स्रोत र साधन कब्जा गर्ने, दलाल बन्न नचाहेमा द्वन्द्व सृजना गराएर हतियार बेच्ने जस्ता कार्यहरुले आमजनतामाथि नै शोषण, दमण र उत्पीडन थोपारी रहेको छ ।

४) पूँजीको एकाधिकार कायम गर्न अल्पविकशित देशहरुमा बहुराष्ट्रिय कम्पनी र उद्योगहरुको विस्तार गर्ने, राष्ट्रिय उद्योगहरु बन्द गराउने र ठूलो पैमानमा बेरोजगार उत्पादन गरेर दलाल सत्ता मार्फत कमिसन खाएर सस्तो मुल्यमा युवा युवतीहरुलाई विश्व बजारमा निर्यात गरेर उनीहरुले पठाएका रेमिटेन्सको आधारमा राज्य संचालन गर्ने काम हुदैआएको छ । नेपाल पनि त्यसको अपवाद होइन ।

५) नेपाली युवा युवतीहरु विश्व श्रम बजारमा कम ज्याला लिएर जोखिम युक्त श्रम गर्न बाध्य छन् । जोखिम कामका कारण दैनिक आधा दर्जनको मृत्यु हुन्छ भने, सोही स्तरमा अंग भंग भएर बाँच्न विवस छन्। श्रमिकका परिवारहरुको अवस्था झनै क्षत–विक्षत बन्दै गएको छ ।

६) साम्राज्यवादले विश्वका कुनै पनि देशको मजदुर आन्दोलन उठ्न नदिन वा कमजोर पार्न संयुक्त राष्ट्रसंघ मार्फत अन्तर्राष्ट्रिय मजदुर संगठन परिचलन गरेर दलाल मजदुर संगठनका नेताहरुलाई आर्थिक प्रलोभन दिएर बफादार दलाल बनाउने, पूँजीपति वर्ग र मजदुर वर्गका विचमा सहकार्यको आवश्यकता छ भन्ने जाल फालेर आन्दोलनको घाँटी निमोठ्ने काम हुदै आएको छ ।

७) दैनिक ज्यालादारी, करार, नो वोर्क नो पे जस्ता उदारवादी विचारधारा एवं मान्यताहरुको प्रयोगले यतिवेला विश्वभरिका मजदुरहरुका लागि सबैभन्दा कठिन अवस्था बन्दै गएको छ।

८) उदारवादी भनिने विकृत पुँजीवादले मजदुरहरुका बिचमा एकता कायम हुन नदिन मजदुर विरोधी ट्रेड यूनियन ऐन कानुन र नियम निमार्ण गरेर यूनियन गठन गर्न बन्देज गर्ने देखि दलाल मजदुर संगठनहरु खडा गरेर क्रान्तिकारी संगठनहरुलाई प्रवेशमा रोक लागाउने काम गर्दै आएका छन् । हालै सरकारद्वारा अगाडि सारिएको कथित लगानीमैत्री वातावरण र कर्मचारी ट्रेड युनियनमाथि रोक लगाउने कानुन निर्माणको प्रयत्न त्यसको ज्वलन्त उद्दाहरण हो ।

९) संगठित रुपमा सन् १९४६ बाट विकसित भएको नेपालको मजदुर आन्दोलनले आज सम्म आइपुग्दा ७८ वर्ष पुरा गरेको छ । पेसागत अधिकार सगै राजनीतिक अधिकार समेत प्राप्त गर्न भएका मजदुर आन्दोलनहरुमा मजदुरहरुले सयौंको संख्यामा आफ्नो जीवनको बलिदान गरेका छन्, भने सयौंको संख्यामा मजदुर योद्धाहरुलाई राज्यले गिरफ्तार गरेर बेपता पारेको छ । त्यो संघर्ष नयाँ उचाइमा नयाँ शक्तिका साथ अगाडि बढाउन पर्ने आवस्यकता छ।

१०) उद्योगहरु प्रायः समाप्त हुदै गएको र अनौपचारिक क्षेत्रका मजदुरहरुको संख्या बढ्दै गएको परिवेशमा अनौपचारिक क्षेत्रमा श्रम गर्ने मजदुरहरुको अत्यन्तै कमजोर सेवा सुविधा र जोखिम पुर्ण काम गर्नुपर्ने बाध्यता रहेको छ ।

११) कथित प्रजातन्त्रवादी र कम्युनिष्टको खोल ओडेका संशोधनवादी, नवसंशोधनवादी पार्टी सम्बद्ध ट्रेड यूनियनहरु वर्तमान पूँजीवादी लोकतन्त्रको भ्रम दिएर वर्तमान संविधानसमेत कायम राख्दै शोषण मुलक व्यवस्थालाई बचाइ राख्न चाहन्छन् ।

१२) क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी ट्रेड यूनियन महासंघ नेपाल विद्रोहद्वारा आमुल परिवर्तन गर्दै नयाँ जनवादी गणतन्त्र हुदै वैज्ञानिक समाजवाद, साम्यवाद प्राप्त गर्ने लक्ष्य राख्दछ ।

१३) क्रान्तिकारी ट्रेड यूनियन महासंघ नेपाल माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गदर्शक र सिद्धान्तका रुपमा अंगिकार गर्दै आइरहेको छ । सिद्धान्त र ब्यबहार बिचमा रहेका खाडल पुर्दै मजदुर आन्दोलनको गति पैदा गर्नु आजको मुख्य काम हो ।

१४) अहिलेको यही वस्तुगत यथार्थका आधारमा तत्कालीन आंशिक सेवा सुविधाका मुद्दा उठाउदै , मजदुरहरुले सामना गरिरहेका दैनिक जीवनका समस्यासँग एकाकार हुँदै आमुल परिवर्तनका निमित्त साम्राज्यवाद र विस्तारवादद्वारा पालित पोषित दलाल सत्ता र पूँजीवादका विरुद्ध जुझारु मजदुर आन्दोलन अगाडि बढाउने कार्यमा क्रियाशील रहेको छ ।

१५) नेपाल सरकारले मजदुर ,किसान एवं सुकुम्बासीवर्गका हित विपरीत लिएका सबै नीतिहरुको विरोध र भन्डाफोर गर्दै हालै राजधानी लगायतका सुकुम्बासी बस्तिहरुमा अमानवीय आक्रमण गरि गरिएका बर्बरतापूर्ण बल प्रयोग र अत्याचारको विरुद्धमा खडा हुन सबै न्यायप्रेमीहरुमा अनुरोध गरिन्छ।

१६) मजदुर आन्दोलनमा थप बलियो शक्ति पैदा गर्न वैचारिक रुपमा निकट अन्तर्राष्ट्रिय भाईचारा मजदुर संगठनहरुसंग सम्बन्ध विस्तार गर्न आवश्यक रहेको महसुस गर्दै त्यसतर्फ सक्रिय रहन जरुरी छ ।

१७) अमेरिकी साम्राज्यवादद्वारा स्वाधीन मुलुकहरूमाथि भइरहेको नाङ्गो हस्तक्षेप र सैन्य आक्रमण ,त्यसबाट सिर्जित विश्वव्यापी उर्जा एवं आर्थिक संकटले आप्रवासी श्रमिक तथा अन्य श्रमिकहरुका जीवनमा कठोर मार पर्ने हुन्छ । त्यसका विरुद्ध देश–बिदेशका साम्राज्यवादका पिछलग्गु दलालका बिरुद्धको संघर्षलाई समेत सचेततापूर्वक उठाउन जरुरी छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित