अमेरिकी साम्राज्यवाद र मित्र शक्तिका बीचको अन्तर्विरोध

अपत्य शर्मा


पुँजीवादी प्रजातन्त्रमा न्याय, समानता, मानवीयपन सबै खोक्रा प्रचारप्रसारका साधन मात्र हुन् । पुँजीवादी प्रजातन्त्र भनेको ठूला पुँजीपति वर्गको मात्र प्रजातन्त्र हो भने भोका, नांगा गरिब, मजदुर वर्गको दासता, शोषण, उत्पीडन, बेरोजगारी, रोग, भोक र भोकै तड्पितड्पि मर्ने प्रजातन्त्र हो ।

साम्राज्यवादी तथा पुँजीपतिवर्ग आफ्ना वर्गीय स्वार्थको रक्षाका लागि जस्तोसुकै ठूलो विश्वासघात, बेइमानी र गद्दारी नै गर्न पनि पछि पर्दैनन् । बाहिरी रुपमा आफूलाई सबैभन्दा ठूलो, सभ्य, शिष्ट, मानव अधिकारीवादी, प्रजातन्त्रवादी भनेर प्रचार प्रसार गर्नु आम जनतालाई भ्रममा पार्न धोका दिन मात्र हो । उनीहरुले प्रचार गर्ने पुँजीवादी मूल्य, मान्यता तथा नैतिकता व्याँसाले भेंडाको छाला ओढेर भेंडा खाने नाटक मात्र हो । साम्राज्यवादको उदयदेखि प्रथम विश्वयुद्ध, द्वितीय विश्वयुद्ध तथा त्यसपछि भियतनाम कोरिया, कम्बोडिया, लाओस्, अफगानिस्तान आदि मुलुकहरुमा गरेका आम नरसंहारका इतिहासले उनीहरुका खोक्रा आदर्शहरु विश्व सामु खुला छन् ।

 

अमेरिकी साम्राज्यवादीका हरेक वैश्विक कदमलाई समर्थन र सहायता गर्दै नाटोमा आबद्ध यूरोपेली मुलुकहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूरोपेली मालमा लगाएको मनपरी निर्यात करले गर्दा चिढिएका छन् । रुसले युक्रेनमा गरेको गरेको हमलाले आफ्नो सुरक्षाका लागि अमेरिकामाथि विश्वास गर्न नसकिने अवस्थामा पुगेका छन् । अर्थात् आ–आफ्ना मुलुकहरुमै हातहतियार उत्पादन गर्ने कि अमेरिकामाथि भर पर्ने भन्ने दोधारमा अल्मलिएका छन् । किनभने अमेरिकी कम्पनीहरुले उत्पादन गर्ने जस्ता उच्च गुणस्तरका छैनन् ।

अमेरिकी उत्पादन एफ–३५ जहाज लकहीड मार्टिनको प्रसिद्ध स्ट्रिल्थ फाइटर जेट । (स्टिल्थ जेटलाई राडर र अरु जासुसी उपकरणले पनि पत्ता लगाउन सक्दैन र दुश्मनको कुनै पनि क्षेत्रमा प्रवेश गरेर मार हान्न सक्छ ) कुनै पनि यूरोपेली मुलुकहरुसँग छैन । प्याट्रोइट मिसायल सुरक्षा प्रविधि, रकेट लन्चरहरु उच्च परिष्कृत ड्रोनहरु, सेटलाइट निर्देशित ठूला क्यालिवर गनहरु, एकीकृत कमाण्ड र नियन्त्रित प्रविधि मात्र नभएर विद्युतीय र साइबर युद्धका लागि पनि अमेरिकामा भर पर्नुपर्छ । धेरै यूरोपेली राष्ट्रहरुले अमेरिकन हातहतियारमा लगानी गरिसकेका छन् र उनीहरु नयाँ प्रतिस्पर्धा गर्न सक्ने नयाँ खाले हातहतियार चाहन्छन् । अमेरिकी साम्राज्यवादीहरु आफूसँग भएका अत्याधुनिक नयाँ प्रविधिका हातहतियारहरु र प्रविधि आफ्ना मित्रशक्ति यूरोपेली मुलुकहरुलाई दिंदैन ।

अमेरिकी सरकारका राष्ट्रप्रमुख ट्रम्पले विश्वका एक सय भन्दा बढी मुलुकहरुलाई अमेरिका निर्यात् गर्ने माल सामानमा २०–५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरे । जब ती यूरोपेली मुलुकहरुले पनि अमेरिकी आयातमा चर्को शुल्क लगाउने धम्की दिएपछि ९० दिनका लागि राष्ट्रपति ट्रम्पले सो भन्सार शुल्क स्थगित गरे । चीनलाई पनि ५० प्रतिशत भन्सार लगाएकामा हाल स्थगित गरेका छन् । भारतलाई पनि ५० प्रतिशत भन्सार लगाउने धम्की दिएका छन् । किनभने भारतले रुससँग तेल किनेको भनेर धम्की दिएका हुन् भनिए पनि अमेरिका भारतलाई चीनको ब्रिक्ससँग सम्बन्ध नराखेर अमेरिकी पक्षमा आओस् ताकि चीन एक्लो परोस् ।

चीनलाई टक्कर दिने ठूलो जनसंख्या भएको विकासोन्मुख भारतलाई एउटा रणनीतिक साझेदारको रुपमा ट्रम्पले प्रयोग गर्न चाहेको विश्लेषकको विश्लेषण छ । जब भारतलाई रुससँग तेल किन्दा युक्रेनको भन्दा सस्तो हुन्छ र रुससँगको सम्बन्ध तेलसँग मात्र नभएर भारत रुसी हात हतियारको ठूलो ग्राहक पनि हो । युक्रेनमाथि रुसले हमला गरेपछि अमेरिकाले रुसलाई आर्थिक प्रतिबन्ध लगाएकाले यूरोपेली मुलुकहरुले अप्रत्यक्ष रुपमा रुससँग तेस्रो देशबाट रुसी तेल र ग्याँस आयत गरिरहेछन् । यसले के प्रष्ट हुन्छ भने यूरोपेली मुलुकहरुसँगको अमेरिकी सम्बन्ध यूरोपेली युनियनको गठनले पनि के प्रष्ट पार्छ भने अमेरिकी डलर आधिपत्यलाई धक्का दिनुको अर्थ उनीहरुका बीचको अन्तर्विरोधलाई दर्शाउँछ । राष्ट्रपति ट्रम्पको सत्तारोहणपछि यूरोपेली मुलुकहरु अरु अमेरिकासँग सशंकित भएका छन् । किनभने ग्रीनल्याण्ड, क्यानाडा र मेक्सिकोलाई अमेरिकामा मिलाउने घोषणाले यूरोपेली जनतालाई आक्रोशित पा¥यो सत्तारुढ दलहरुले पनि विरोध गरे । हालसम्मको ट्रम्पका गतिविधि हेर्दा उनमा अस्थिरता, झुटमुठ मात्र व्यक्त भएको देखिन्छ । अहिले बोलेको केही बेरमै बोली बाचा फेरेको पाइन्छ । अमेरिकी साम्राज्यवादी र विकसित पुँजीवादी मुलुकहरुका बीचको अन्तरविरोध शत्रुतापूर्ण हुन विशेष आन्तरिक परिस्थिति र आन्तरिक वर्ग विरोधले निर्धारण हुन्छ ।

विकसित पुँजीवादी मुलुक तथा विकासोन्मुख मुलुकहरुका शासकहरु आफ्नो शासनकालमा ठूलो आर्थिक विकास भएको तथ्यांक पेश गर्दछन् । गैह्र सरकारी तथ्यांक र सरकारी तथ्यांकमा धेरै फरक पाइन्छ । स्वच्छ, निष्पक्ष, विधिको शासन भएको विश्वलाई मानव अधिकार र लोकतन्त्रको पाठ पढाउने अमेरिकी साम्राज्यवादीको मुलुकमा नै पनि हालै राष्ट्रपति ट्रम्पले अमेरिकाको एक शताब्दी लामो आर्थिक तथ्यांकको इतिहासमा एउटा नजिर बनाएका छन् । उनले सरकार तथ्यांक माथि नै हस्तक्षेप गरेका छन् । हुन त अन्य विकसित पुँजीवादी मुलुकहरुले पनि नक्कली घाटा बजेट नै बर्षौंसम्म पेश गर्ने गर्छन् । पुँजीपति वर्गको वर्गीय स्वार्थ रक्षा गर्न अनेकौं षडयन्त्रहरु गरेर घाटा बजेट नाफा बजेट वा झुटो आर्थिक समृद्धिका तथ्यांकहरु पेश गर्ने गरेको पाइन्छ । विकसित पुँजीवादी मुलुक ग्रीकले पनि वर्षौंसम्म नक्कली घाटा बजेट पेश ग¥यो । किनभने ऋण संकटमा ग्रीक परेकाले त्यसलाई कमजोर पार्ने धेरै पटकको धरौटीका लागि आवश्यक थियो । यसले गर्दा तथ्यांक प्रकाशित गर्ने एजेन्सीका प्रमुखलाई आपराधिक अभियोग लगाइयो जब कि तथ्यपूर्ण रिपोर्ट गर्न भनिएको थियो । यसको परिणाम मुलुकको अन्तर्राष्ट्रिय छवी ज्यादै बिग्रियो ।

अमेरिकी श्रम तथ्यांक विभाग श्रम विभागको एउटा भाग हो, जसको सचिव राष्ट्रपतिको क्याविनेटको सदस्य हुन्छ । तर एजेन्सीले स्वतन्त्रतापूर्वक रोजगारी, मूल्यहरु, ज्याला र अन्य शीर्षकहरुमा तथ्यांक निकाल्छ । अमेरिकी अर्थशास्त्रीहरु के भन्छन् भने विश्वासिलो स्वतन्त्रतापूर्वक तथ्यांक निकालिने भएकाले सार्वजनिक र निजी क्षेत्रमा प्रयोग गरिन्छ । आधिकारिक रुपले केन्द्रीय अमेरिकी बैंकले सरकारले जम्मा गरेको डाटाले मुद्रास्फिती बेरोजगारीलाई ध्यानमा राखेर कसरी व्याजको दर निर्धारित गर्छ र कति अमेरिकीहरुलाई धितो अथवा कारको ऋण तिर्नुपर्छ भनेर मागदर्शन गर्दछ ।
अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोमी एच.पोवेलका अनुसार सही तथ्यांकले केन्द्रीय बैंकलाई मात्र सहायता गर्ने नभएर अमेरिकी सरकार र निजी क्षेत्रलाई पनि मद्दत गर्छ । उनले हालैको न्यूज कन्फरेन्समा के औल्याए भने अमेरिकाले १०० वर्षदेखि नेतृत्व गरेकोले यसलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे ।

राष्ट्रपति ट्रम्पको सत्तारोहण पछि रातारात श्रम तथ्यांक विभागको तथ्यांक नै गोलमाल गरेका छन् । राष्ट्रपति ट्रम्पले श्रम तथ्यांक विभागकी अध्यक्ष इरिका म्याकइन्टरफेरलाई वर्खास्त गरे । किनभने उनको एजेन्सीले रोजगार दर थोरै देखाएकीले निस्काशित गरेका हुन् । जबकि इरिकाले पहिले कै जस्तो तौरतरिकाले तथ्यांक प्रकाशित गरेकी थिइन् ।
उपरोक्त विवरणले के प्रष्ट हुन्छ भने शोषक शासकहरुले कतिसम्म बेइमानी गरेर आम जनतालाई भ्रममा राखेर आफ्नो सत्तालाई श्रेष्ठ देखाउने कुचेष्टा गर्छन् । तथ्यांकलाई आफ्नो अनुकूल नहुँदा त्यसलाई आफ्नो अनुकूल बनाउनेदेखि न्यायपालिका, कार्यपालिकालाई पनि आफ्नो स्वार्थ अनुकूल बनाउँछन् । ट्रम्पले आफ्नो स्वार्थ अनुकूलका न्यायमूर्तिहरु नियुक्त गरिरहेछन् । विधिको शासनको वकालत गर्ने अमेरिकी शासकहरुको पाइलो पछ्याउने नेपालका प्रतिक्रियावादी शासक कम्पनीले न्यायमूर्तिहरुको भागवण्डा, विश्वविद्यालयहरुमा भागवण्डा, अर्थ, स्वास्थ्य, सूचना, शिक्षा, गृह आदि सम्पूर्ण क्षेत्रलाई भागवण्डा गरेर नेपालको अस्तित्वलाई नै समाप्त पार्नेतिर एमसिसि पास गरिसकेका छन् । अमेरिकाले स्थगित गरेको एमसिसि नेपालमा अमेरिकाले पुन ः संचालन गरेको छ ।

प्रजातन्त्रवादी संयुक्त राज्य अमेरिकालाई ठूलो आदर्श मान्ने दासहीनग्रन्थी भएका नेपाली पुँजीवादी शिक्षा दीक्षाले लैस भएकाहरु अवश्य पनि जेफ्री इप्स्टिनबारे जानकार छन् । तर यस बारे साधारण अनभिज्ञ पाठकका लागि इप्स्टिन बारे सानो चर्चा गरौं ।

जेफ्री इप्स्टिन एक जना धनाढ्य अर्बपति लखौंपति थिए । जेफ्रीको उच्चपदस्थ व्यक्तिहरु राजनैतिक हस्थिहरु, विशिष्ट व्यक्तिहरु र अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टन, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आदिसँग सम्बन्ध थियो र उनीहरु पनि बलात्कार गर्न आउँथे । जेफ्री एक जना बालयौन दुराचारी थियो । उसले हजारौं नाबालिक केटीहरु र जवान महिलाहरुलाई जवरजस्ती अपहरण गरेर गायव गर्दथ्यो । पहिले जेफ्री इप्स्टिनको फाइल खोल्ने भन्ने राष्ट्रपति ट्रम्प अहिले न खोल्ने भन्दैछन् । किनभने इप्स्टिनको जेटमा डोनाल्ड ट्रम्प गएका थिए । जेफ्री बारे नग्न चित्रकार मारिया फार्मरले प्रकाश पारेकी छिन् । फार्मरलाई १९९६ मा जेफ्री इप्स्टिन र उसको साझेदार घिस्लेन माक्सवेलले आक्रमण गरेका थिए । फार्मरले नग्न चित्रको पेन्टिङ गर्दा आफ्ना दुई बहिनीका अर्ध नग्न तस्वीर पनि देखिन । २०२१ मा घिस्लेन माक्सवेललाई के अभियोग लगाइयो भने माक्सवेलले केटीहरुलाई फकाएर यौन दुराचार गर्न जिम्मा लगाउँथिन । १९९६ मा फार्मरले एफबिआइलाई जानकारी दिइन । तर कार्वाही फाइलमै सीमित रह्यो । किनभने अमेरिकी राष्ट्रपतिहरु नै संलग्न भएकाले फाइल खोल्ने आँट गर्न सकेको छैन । जेफ्री इप्स्टिनले म्यानहटन जेलमा अगस्ट २०१९ मा आत्महत्या ग¥यो ।

पुँजीवादी जगतमा विशेष गरेर पुँजीवादी नैतिक मूल्य मान्यता सबै पैसामा अडेको हुन्छ र महिलाहरुका प्रत्येक अंगप्रत्यंग विकाउ माल बनाइएका हुन्छन् । विकसित पुँजीवादी मुलुकहरु र विशेष गरेर अमेरिकी प्रजातन्त्रमा न्याय निसाप नै पैसामा अडेको हुन्छ । पैसा नहुने गरिब मजुदर एकपटक अभियोग लागेर जेल गएपछि ऊ आजीवन बन्दी भएर रोगी भएर अकालमै मर्छ । पुँजीवादी प्रजातन्त्रमा न्याय, समानता, मानवीयपन सबै खोक्रा प्रचारप्रसारका साधन मात्र हुन् । पुँजीवादी प्रजातन्त्र भनेको ठूला पुँजीपति वर्गको मात्र प्रजातन्त्र हो भने भोका, नांगा गरिब, मजदुर वर्गको दासता, शोषण, उत्पीडन, बेरोजगारी, रोग, भोक र भोकै तड्पितड्पि मर्ने प्रजातन्त्र हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित