काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ज्ञानु खतिवडाका बुवा रामप्रसाद खतिवडाको २०८२ मंसीर १६ गते हुन पुगेको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका महासचिव गौरवले मंसीर १७ गते एक प्रेस वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । वक्तव्यमा ज्ञानु खतिवडा लगायत सम्पूर्ण शोकाकुल परिवार,साथीभाइ तथा शोक सन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ।
“२०१६ असोज २८ गते जन्मनु भएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. २ निवासी रामप्रसाद खतिवडाको हिजो मंसिर १६ गते विहान आकस्मिक निधन भएको छ । उहाँ हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य क. ज्ञानु खतिवडाको बुबा हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । उहाँका तीन छोरा, तीन छोरी हुनुहुन्छ । उहाँको निधनबाट कम्युनिस्ट आन्दोलनले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी रामप्रसाद खतिवडाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, क. ज्ञानु खतिवडा लगायत सम्पूर्ण शोकाकूल परिवार, साथीभाइ तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ।”

जन्मः२०१६ असोज २८ -मृत्युः २०८२ मंसीर १६

