स्टालिन जन्म दिवस

भोलि डिसेम्बर १८ विश्व कम्युनिस्ट आन्दोलनका महान नेता जोसेफ स्टालिनको जन्म दिन हो । डिसेम्बर १८, १८७८ मा जर्जियाको “गोरी“ मा उहाँको जन्म भएको थियो र ५ मार्च १९५३ मा मृत्यु भएको थियो । विश्वभरीका कम्युनिष्टहरुले डिसेम्बर १८ मा स्टालिनलाई सम्झन्छन् , विभिन्न कार्यक्रम गरेर उहाँको योगदानमाथि विमर्श गर्दछन् ।
स्टालिन लेनिनका अति घनिष्ट साथी हुनुहुन्थ्यो । सोभियत सङ्घको राजनैतिक नेता हुनुहुन्थ्यो । सन् १८९८ देखि रसियाली सामाजिक–जनवादी मजदुर पार्टीका सदस्य बनेका उहाँ एक सिद्धान्तनिष्ठ व्यक्ति हुनुहुन्थ्यो । उहाँले मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गर्नु भयो । सन् १९२२ देखि १९५२ सम्म सोभियत संघ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव रहनु भयो । उहाँले समाजवादको निर्माण र संरक्षणको नेतृत्व गर्नुभयो । सोभियय संघ माथि विदेशी आक्रमणकारीको आक्रमणलाई परास्त गर्न नेतृत्व गर्नु भयो । उहाँलाई पार्टी भित्र देखा परेका ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादका विरुद्ध निकै ठूलो संघर्षगर्नु परेको थियो ।
दोस्रो विश्व युद्धमा हिटलरको जर्मन सेनालाई पराजित गर्न उहाँको महत्वपूर्ण भूमिका थियो । स्टालिनले कम्युनिस्ट अन्तर्राष्ट्रिय मार्फत कम्युनिस्ट सिद्धान्तलाई विश्व भरी प्रचार गर्ने काम गर्नु भयो । १९३० को दशकमा, विशेष गरि स्पेनिस गृह युद्धमा युरोपेली फासीवाद विरोधी आन्दोलनलाई समर्थन गर्नु भयो । दोस्रो विश्व युद्धको प्रारम्भमा भारी क्षतिको बाबजुद सोभियत लाल सेनाले जर्मन आक्रमणलाई प्रत्याक्रमण ग¥यो र १९४५ मा बर्लिन कब्जा ग¥यो र युरोपमा दोश्रो विश्वयुद्धको अन्त्य भयो। जर्मनी र उसका मित्र राष्ट्रलाई पराजित गर्ने प्रकृयामा, सोभियतले बाल्टिक देशहरूमा कब्जा ग¥यो र मध्य तथा पूर्वी युरोप, चीन र उत्तर कोरियामा सोभियत पक्ष सरकारको स्थापना भयो ।
स्टालिनको पिता पेसाले एक छालाका जुत्ता बनाउने ब्यक्ति हुनुहुन्थ्यो । आमा कपडा धुने धोवी हुनुहुन्थ्यो । जब स्टालिन कुरा बुझ्ने हुनु भयो, जर्जियामा जारको बिरोधमा आवाज उठ्दै थियो । स्टालिनकी आमा धार्मिक स्वभावकी हुनुहुन्थ्यो । उहाँले १८९५ मा स्टालिनलाई चर्चको विद्यालयमा पढ्न जर्जियाको राजधानी तिफलिस पठाउनु भयो । तर स्टालिनलाई धर्ममा अलिकति पनि रुचि थिएन । उहाँ लुकिलुकी कार्ल माक्र्सका किताबहरु पढ्नु हुन्थ्यो । स्टालिनले त्यो बेला एक समाजवादी विचारधारा अंगाल्ने सङ्गठनको सदस्यता पनि लिनु भयो र सङ्गठन मार्फत रूसको जारको विरोधमा मानिसहरूलाई एकजुट गर्न थाल्नुभयो । आमाको इच्छा विपरीत स्टालिनले पादरी बन्न इन्कार गर्नु भयो । १८९९ मा उहाँलाई धार्मिक स्कूलबाट निकालियो ।
बीसौ शताब्दीको सुरुवातमा स्टालिनले तिफ्लिसको मौसम विभागमा काम गर्नु भयो । जारको गुप्तचर विभागलाई स्टालिनको क्रियाकलापको बारेमा सूचना थियो र उहाँलाई भूमिगत हुनु प¥यो । स्टालिन रुसी सामाजिक जनवादी पार्टी बोल्शेविक पार्टीमा प्रवेश गरे पछि १९०५ मा स्टालिनले पहिलो पटक रूसी साम्राज्यको विरुद्ध संघर्षमा भाग लिनुभयो ।
रूसमा बोल्शेवभिक क्रान्तिको अगुवा भ्लादिमीर लेनिनसँग स्टालिनको पहिलो भेट फिनल्यान्डमा भएकोथियो। स्टालिनले १९०६ मा पहिलो बिहे केटेवान स्वानिजÞेसँग गर्नुभयो । बिबाहको एक वर्षपछि १९०७ मा स्टालिनको पत्नी केटेवानको टाइफाइडले निधन भयो। यो घटनाले स्टालिनलाई गहिरो चोट पर्यो। बिद्रोहीको आरोपमा जार सरकारद्वारा स्टालिनलाइ कैयौं पटक गिरफ्तार गरिएको थियो । १९१० मा उहाँलाई साइबेरिया पठाइएको थियो ।१९१७ मा लेनिनको अगुवाईमा रूसमा अक्टोबर क्रान्ति सफल भयो । लेनिनले जनतासामु शान्ति ,जमिन र रोटीको नारा दिनुभएको थियो । स्टालिनले यो क्रान्तिमा ठूलो भूमिका निभाउनु भयो । बीसको दशकमा नै स्टालिनले पञ्चवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गर्नुभयो । उहाँ सोभियत संघलाई आधुनिक देश बनाउन जुट्नु भयो । स्टालिनलाई लाग्थ्योस “यदि सोभियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट अक्टोबर क्रान्ति असफल हुन्छ । देश बर्बाद हुन्छ । छिमेकको पूँजीवादी देशले कब्जा गर्छन् ।“ स्टालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कैयौं गुणा बढ्यो । देशले द्रुतगतिमा आर्थिक प्रगति ग¥यो। स्टालिनले आफ्नो योजनाहरूलाई बहुत कडाइका साथ लागू गर्नुभयो । स्टालिनको बेलामा वैश्विक महामन्दीबाट सोभियत सङ्घ प्रभावित हुनबाट जोगिएको थियो । लेनिनवादका आधारहरु,लेनिनवादका समस्याहरु, समाजवाद र अराजकतावाद , द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद लगायतका महत्वपूर्ण पुस्तकहरु स्टालिनले लेख्नु भएको थियो ।
स्टालिनका विरोधीहरुले उहाँलाई हिटलर जस्तै तानाशाह भनेर प्रचार गर्दै आएका छन् । तर उहाँको विचारका पक्षधरहरुले स्टालिन त्यस्तो निरंकुश थिएनन भन्दै आएकाछन् । स्टालिनको मृत्यु पछि ख्रुस्चेभले कम्युनिस्ट आन्दोलनको मूल मर्मलाई परित्याग गर्दै बिस्तारै पूँजीवादी सिद्धान्त र संस्कृति लागु गर्दै गए र अन्त्यमा १९९० मा सोभियत संघ बिघटन भएको थियो । लेनिन र स्टालिनको नेतृत्वमा जनताले रगत बगाएर स्थापित गरेको समाजवाद शान्तिपूर्ण तरिकाले नै ध्वस्त भयो ।सोभियत संघ विघटन भए पनि र कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खाए पनि समाजवादी आन्दोलन नयाँरुपमा अगाडि बढ्ने छ । विश्व पुँजीवादभित्रको अन्तरविरोधले त्यसलाई कमजोर बनाउँदै लगिरहेकोछ । बैज्ञानिक समाजवादको सपना केवल सपनामै रहने छैन ,त्यसलाई व्यबहारिकरूप दिन संसार भरी चिन्तन मनन भइरहेको छ । स्टालिनको योगदानलाई आत्मसात गर्न सक्नु नै उहाँ प्रतिको सही श्रद्धाञ्जली हुनेछ । जन्म दिवसमा स्टालिनलाई सम्झनुको सार्थकता रहनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित