काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौंमा पौष ११ गते (२६ डिसेम्बर) मा माओ दिवस मनाउने भएको छ । रत्नपार्कबाट जुलुस गरी खुलामञ्चमा जनसभा गर्ने सो पार्टीले जनाएको छ । पौष ११ गते शान्तिबाटिकामा दिनको ११ बजे जम्मा भई बागबजार, पुतलीसडक, पद्मोदयमोड, भृकुटीमण्डप, सहिदगेट, न्यूरोडगेट, वीरअस्पताल हुँदै खुल्लामञ्चमा पुगेर जनसभामा परिणत हुने बताइएको छ । जनसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरव लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । माअो दिवसको सन्दर्भमा आयोजित जनसभालाई उक्त पार्टीले निर्वाचन बहिष्कार सभाकारुपमा पनि उपयोग गर्ने जनाएको छ ।
Comments

