सार्वभौम राष्ट्र भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको निन्दा गर्दै काठमाण्डौमा विरोध प्रदर्शन

काठमाण्डौ । सार्वभौम राष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको हस्तक्षेपको निन्दा गर्दै काठमाण्डौमा विरोध प्रदर्शन भएको छ । अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाको डेल्टा फोर्सद्वारा ३ जनवरी २०२६
(२०८२ पौष १९) का दिन भेनेजुएलाको राजधानी काराकासमा विश्व मान्यता, अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र
संघको बडापत्र र सार्वभौम सत्ताको सिद्धान्तलाई कुल्चेर नाड्गो आक्रमण गरिएको छ । भेनेजुएलाका निर्वाचित
राष्ट्रपति निकोलास मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेन्सलाई पक्राउ गरेर अमेरिका पु¥याइएको खबरले
विश्व समुदाय चिन्तित र तरंगित छ । यस्तो अत्यन्तै आततायी सैनिक हस्तक्षेप गर्नुका पछाडि डोनाल्ड ट्रम्पले
राष्ट्रपति मादुरोमाथि लागु औषध कारोबार तथा आतंकवादलाई सहयोग पु¥याएको आरोप लगाएका छन् । गत जनवरी ३ मा नेपालको समय अनुसार साँझ ९ ः४५ मा ट्रम्पले पत्रकार सम्मेलन गरेर अर्को व्यवस्था नहुन्जेल भेनेजुयलाको सत्ता अमेरिकाले संचालन गर्ने निर्णय सुनाएका छन् र अमेरिकाको निर्णय विरुद्ध जानेहरुलाई आफुहरुले नछोड्ने धम्की दिइरहेका छन् ।

अमेरिकाले गरेको भेनेजुएलामाथिको यो हस्तक्षेपको संसारभरीबाट विरोध भइरहेको छ । सार्वभौम राष्ट्रमाथिको अमेरिकी हस्तक्षेप गरी अपहरणको शैलीमा अमेरिका पु¥याइएका भेनेजुएली राष्ट्रपति निकोलश मदुरो र उहाँकी श्रीमती सिलिया फ्लोेरेन्सलाई बिना शर्त तत्काल रिहा गर्न जोडदार माग भइरहेको छ । यसै सन्दर्भमा संयुक्त संघर्ष समितिको आयोजनामा काठमाण्डौको माइतीघरमा विरोध प्रदर्शन सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा बहुमत ,नेकपा जनपक्ष , लोक नारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी ,ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी ,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको केन्द्रीय संघर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनमा पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए  । सम्बोधनको क्रममा नेताहरुले अमेरिकी साम्राज्यवादले संसारभरि नै दादागिरी मच्चाइरहेको,त्यसको संसारभरिबाट विरोध हुनु आवश्यक रहेको ,अहिले भेनेजुएलाको सार्वभौमसत्तामाथि गरेको अमेरिकी हस्तक्षेपको विरोधमा आवाजहरु नउठाएर चुपचाप बसेमा उसले कुनै पनि महादेशका उत्पीडित जनता र राष्ट्रलाई नछोड्ने,अमेरिकाको मुख्य उद्देश्य कुनै पनि देशको साधन स्रोतको कब्जा गर्ने रहेको, मदुरो देश र जनताको पक्षमा काम गरिरहेकाले अमेरिकालाई त्यो सैह्य नभएको ,अमेरिकाले संसारभरमा अनेक बहानाहरु बनाउँदै आक्रमणहरु जारी राखेको  भनाइहरु राख्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव सिपी गजुरेल गौरवले भेनेजुएलामाथि अमेरिकाले गरेको हस्तक्षेपको घोर निन्दा एवम् भत्सर्ना गर्दै संसारभर भेनेजुएलाको पक्षमा भइरहेको न्यायपूर्ण आन्दोलन प्रति एक्यबद्धता जनाउनु भयो र अझै एकीकृत र सशक्त आन्दोलन सिर्जना गर्नुपर्ने आवश्यकतामाथि जोड दिनु भयो । भेनेजुएली पूर्व राष्ट्रपति ह्युगो चावेजलाई पनि अमेरिकाले मार्न ५१ पटक प्रयास गरेको र ती अमेरिकी प्रयासहरुबाट आफ्नो कुकुर र आफ्नो छोरीको सतर्कताले बच्न सफल भएको भनेर वहाँले नै लेखेको एक लेखको प्रसंग बताउँदै दक्षिण अमेरिकी देश भनेजुएलाको सुख, समृद्धि अमेरिकालाई सैह्य नभएको कारण र त्यहाँको अथाहा प्राकृतिक साधन स्रोत तेलमाथि कब्जा जमाउनकोलागि अमेरिकाले अहिले राष्ट्रपति निकोलश मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेन्सलाई गिरफ्तार गरी अमेरिका पु¥याएर लागूऔषधको झूटा मुद्दा लगाइ आजीवन जेलमा सडाउने षडयन्त्र बुनिएको बताउनु भयो । भेनेजुएलाको पूर्व राष्ट्रपति ह्युगो चाभेजले आफ्नो देशमा अमेरिकी व्यापारीहरुले खानीहरु कब्जा गरी लुट मच्चाएको विरोधमा अमेरिकी कम्पनीहरु राष्ट्रियकरण गरी भेनेजुएलाको जनताको हातमा ल्याएर देश र जनतालाई सुख दिएको भन्दै ती खानीहरुमा आफ्नो एकाधिकार कायम गर्न अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेको बताउनु भयो । संसार भरि नै अमेरिकाले सीमा भन्दा बाहिर गएर अत्याचार गरिरहेको बताउँदै वहाँले अत्याचारको विरोधमा जनताहरु उत्रिनु पर्ने भन्नु भयो । वहाँले “अमेरिकाले अन्यायपूर्ण कदम चालेको छ , हामीले न्यायपूर्ण संघर्ष गर्नु पर्छ ,न्याय पूर्ण आन्दोलनले कहिल्यै पनि हार्दैनन् ,अमेरिकी साम्राज्यवाद विरोधी आन्दोलनमा ट्रम्पले हार्नेछन् हामीले जित्नेछौं ।” वहाँको कथन थियो । वहाँले नेपालमा पनि घनीभूत ढंगले अमेरिकी हस्तक्षेप बढिरहेको भन्दै एमसीसी ,एसपीपी पारित गराएर नेपालमा अमेरिकी सेना आउन सजिलो बनाइँदै गएको उल्लेख गर्नुभयो ।

वहाँले २०८२ भाद्र २३ र २४ गतेको घटना घटाएर जुन सरकार गठन भएको छ, यो साम्राज्यवादी विस्तारवादीहरुको कठपुतली सरकार हो भन्दै वर्तमान प्रधानमन्त्री नेपाली भए पनि उनीहरुकै इशारामा काम गर्न बनाइएको छ ,यसले गराउन लागेको फागुन २१ गतेको संसदीय निर्वाचन बहिस्कार गर्न पनि जनतासँग अनुरोध गर्नु भयो ।

नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र वास्तोलाले अमेरिकी साम्रज्यवादले संसारभरी आतंक मच्चाइरहेको बताउनु भयो । वहाँले अमेरिकाले श्रृङखलाबद्ध रुपमा सार्वभौम देशहरुमाथि आक्रमणलाई जारी राखेको बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई शान्ति पुरस्कार दिइनु पर्ने भन्दै हिँडेका छन् । उनलाई शान्ति पुरस्कार होइन हिटलर र मुसोलिनी पुरस्कार दिइनु पर्ने मान्छे भएको उल्लेख गर्नु भयो । वहाँले अमेरिकाले विश्वमा युद्ध मच्चाउन जुन युद्ध बजेट खर्च गर्छ त्यसको शिक्षा र स्वास्थ्यमा लगानी गरेमा कैयौंले राहत महसुस गर्ने थिए भन्नु भयो । वहाँले भेनेजुएलामाथिको अमेरिकी आक्रमण सिंगो संसारभरका उत्पीडित राष्ट्रमाथिको आक्रमण भएको बताउनु भयो ,वहाँले अमेरिकाले संसारभर नै एनजि ओ,आइएनजिओ मार्फत लगानी गरिरहेको उल्लेख गर्नुभयो । वहाँले वंगलादेशमा अमेरिकी सैनिक राख्न खोजिरहेको, श्रीलंकामा आफ्नो अनुकुलको सरकार तयार गरिरहेको, नेपालमा एमसीसीमार्फत अमेरिकी सेना ल्याउन चाहिरहेको भन्दै त्यसको विरोध हुनु पर्ने कुरामा जोड दिनु भयो ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले भेनेजुएला माथिको अमेरिकी हस्तक्षेपको घोर विरोध गर्दै यो हस्तक्षेप किन भयो भन्नेमा सबैलाई स्पष्टपार्नु पर्ने धारणा राख्नु भयो । वहाँले अमेरिकी हस्तक्षेप गर्नु त्यहाँको साधनस्रोतमाथि कब्जा जमाउनकोलागि भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपति निकोलश र वहाँकी श्रीमतीलाई गिरफ्तार गरिएको बताउनु भयो । वहाँले भेनेजुएलाले स्पेनिश उपनिवेशबाट मुक्ति प्राप्त गर्न लामो संघर्ष गरेको भन्दै अझै संघर्षलाई जारी राख्नु पर्ने कुरामा जोड दिनु भयो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अमेरिकाले संसारभरमा विभिन्न बहानामा आतंक मच्चाइरहेको बताउनु भयो । वहाँले भेनेजुएली जनताको पक्षमा एक्यबद्धता जाहेर गर्दै अमेरिकी साम्राज्यवादलाई परास्त गर्नु पर्ने कुरामा जोड दिनुभयो । वहाँले संसारमा विभिन्न रणनीतिहरु लागू गरेर अमेरिकाले अशान्ती मच्चाउन चाहिरहेको बताउनु भयो ।

नेकपाका संयोजक लोकनारायण सुवेदीले भेनेजुएलामाथि अमेरिकाको आक्रमण पछि साम्राज्यवाद विरोधी संघर्षलाई तीव्र पार्नु पर्ने आवश्यकता बढेर गएको बताउनु भयो । वहाँले अमेरिकी साम्राज्यवाद निकै क्रुर र निर्दयी भएको भन्दै संसारभरका जनताविरुद्ध विज्ञान र प्रविधिको प्रयोग गरिरहेको बताउनु भयो । नेकपा जनपक्षका वसन्त वोगटीले भेनेजुएलाको पक्षमा ऐक्यबद्धता प्रकट गर्दै संसारभरमा लोकतन्त्र,सुरक्षा ,सुख र समृद्धि हुन नदिने अमेरिकी साम्राज्यवाद हो भन्नु भयो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य शारदा महतको संचालनमा विरोध कार्यक्रम अगाडि बढेको थियो । प्रदर्शनमा अमेरिकी साम्राज्यवाद मुर्दावाद ,भेनेजुएलाको पक्षमा ऐक्यबद्धता प्रकट गरौं , भेनेजुएलाको राष्ट्रपति निकोलश मदुरो र श्रीमती सिलिया फ्लोरेसलाई बिनाशर्त रिहा गर ,भेनेजुएली जनताको पक्षमा ऐक्यबद्धता प्रकट गरौं । केन्द्रीय संघर्ष समिति जिन्दावाद जस्ता नेपाली र अंग्रेजीमा लेखिएका नाराहरु सहितका प्लेकार्डहरु पनि प्रदर्शन गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित