धादिङ बस दुर्घटनामा १७ जना मृत्यु ,२८ जना घाइते

११ फागुन, काठमाडौं । गए राति धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानमा भएको बस दुर्घटनामा परी १७ जना मृत्यु ,२८ जना घाइते  भएका छन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रु बस राति करिब एक बजे त्रिशूली नदी किनारमा खस्दा ६ महिला र ११ पुरुष गरी १७ जनाको मृत्यु भएको छ । २ ८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ ।

डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो । दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले मृतक र घाइतेहरुको उद्धार गरेका थिए । ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित