१० नम्बर ब्युरो सचिव सोमान सिंह तामाङ गिरफ्तार

फागुन –१३,बनेपा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका १० नम्बर ब्युरो सचिव सोमान सिंह तामाङ काभ्रेपलान्चोकको बनेपाबाट गिरफ्तार हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक , धुलिखेलका कार्यालय प्रमुख एसएसपी कोमल शाहले हाँकसँग कुरा गर्दै सोमन लामालाई गिरफ्तार गरिएको पुष्टि गरे। उहाँलाई सोधपुछको लागि, अनुसन्धानका लागि लिइएको हो –एसएसपी कोमल शाहले भने । काभ्रेपलाञ्चोकको बनेपास्थित प्रहरी कार्यालयका डिएसपी रामेश्वर ट्वाँटलाई सोमान सिंह तामाङ बारे जानकारी लिन खोज्दा डीएसपी ट्वाँटले भने –उहाँलाई पक्राउ गरिएको सत्य हो । हामीले भन्दा पनि धुलिखेल जिल्ला प्रहरी कार्यालयबाटै आएर लिएर गएको हो । किन लगियो हामीलाई जानकारी छैन । उतै जिल्ला कार्यालय तिर सोध्नुस् –डीएसपी ट्वाँटले स्पष्ट गरे ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका १० नम्बर ब्युरो सचिव सोमान सिंह तामाङ बनेपाबाट आजबिहान ८ बजे गिरफ्तार हुनुभएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित