इजरायल र इरान युद्ध पुनःसुरु

१६ फागुन, काठमाडौं । आज देखि इजरायल र इरान युद्ध पुनःसुरु भएको छ । इजरायलले इरान विरूद्ध आक्रमण सुरू गरेपछि युद्ध पुनःसुरु भएको हो । यस भन्दा पहिले २०२५ जुन १३ देखि २५ सम्म प्रत्यक्ष मिसाइल र ड्रोन आक्रमण गरी ठूलो सैन्य टकराव भएको थियो।आज इरानको राजधानी तेहरानमा विष्फोटनका आवाजहरू सुनिएको अन्तरराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्तरराष्टिय सञ्चारमाध्यम बिबिसी र सि.एन.एन. लगायतले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेलले इरानमा गरेको हमलामा अमेरिका पनि सामेल भएको पुष्टि गरेको बताएकाछन् छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा राखेको भिडिओमार्फत् भनेकाछन् , “अमेरिकाले महत्त्वपूर्ण युद्ध कारबाही थालेको छ । अमेरिकाले बारम्बार सहमति गर्न खोजेको थियो। प्रयास सफल भएन । हामी उनीहरूको क्षेप्यास्त्र नष्ट पारिदिन्छौँ र उनीहरूको क्षेप्यास्त्र उद्योग ध्वस्त पारिदिन्छौँ। ”

इजरेलले हवाई क्षेत्र नागरिक उडानहरूका निम्ति बन्द गरिदिएको छ। आज बिहान इरानमा हमला भएपछि हवाई क्षेत्र बन्द गरिएको हो ।

इजरायली प्रधानमन्त्री नेत्यानेहुँले एक वक्तव्य प्रकाशित गर्दे भनेका छन् ,“मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, इजरायलका नागरिकहरू, केही समयअघि, इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमा आतंकवादी शासनले निम्त्याएको अस्तित्वगत खतरालाई हटाउन एक अभियान सुरु गरेको छ । म हाम्रा महान मित्र, राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको ऐतिहासिक नेतृत्वको लागि धन्यवाद दिन्छु। ४७ वर्षदेखि, अयातोल्लाह शासनले इजरायल र अमेरिका मूर्दावादको नारा लगाइरहेको छ।यसले हाम्रो रगत बगाएको छ, धेरै अमेरिकीहरूको हत्या गरेको छ र आफ्नै जनताको नरसंहार गरेको छ। यो हत्यारा आतंकवादी शासन आणविक हतियारले सुसज्जित हुनुहुँदैन । यो सम्पूर्ण मानवतालाई चुनौती हो । हाम्रो संयुक्त कार्यले साहसी इरानी जनतालाई आफ्नो भाग्य आफ्नै हातमा लिनको लागि परिस्थिति सिर्जना गर्नेछ। इरानी जनताका सबै खण्डहरू – फारसीहरू, कुर्दहरू, अजरीहरू, बलुचीहरू र अहवाजीहरू –अत्याचारको जुवा फ्याँक्ने र स्वतन्त्र र शान्तिपूर्ण इरान ल्याउने समय आएको छ।”

उता इजरायली रक्षा बलले यस्तो विज्ञप्ति निकालेको छ – “ इरानले इजरायल विरुद्ध प्रतिशोधात्मक हमला गरेको छ।
जनतालाई होम फ्रन्ट कमाण्डको निर्देशनहरू पालना गर्न अनुरोध गरिन्छ । यस समयमा, इजरायली वायु सेनाले खतरा हटाउन आवश्यक पर्ने ठाउँमा चुनोतीहरूलाई रोक्न आक्रमण सञ्चालन गरिरहेको छ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित