सिताराम बुढाथोकी र डिल्लीराम बोहोराको रिहाईका लागि पहल गर्न आह्वान

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वैकल्पिक पोलिटब्यूरो सदस्य तथा १५ नं. क्षेत्रीय ब्यूरोका इन्चार्ज सिताराम बुढाथोकी र केन्द्रीय सदस्य तथा उक्त ब्यूरोका सचिव डिल्लीराम बोहोरालाई सुनसरी जिल्लाको इटहरीबाट गिरफ्तार गरेको कुराप्रति आम जनसमुदायको ध्यानाकर्षण गराउंदै उहाँहरुको रिहाईका लागि पहल गर्न आम न्यायप्रेमी जनता सित आह्वान गरेको छ । २०८२ फागुन १६ गते पार्टीका प्रवक्ता सुदर्शनले एक प्रेस–वक्तव्य जारी गर्दै सो आह्वान गर्नु भएको हो । प्रेस वक्तव्य यस प्रकार छ –

“ ‘बहिष्कार गर्ने पार्टीहरु प्रभावकारी नरहेको’ र ‘उनीहरु दुई चार जना मात्र रहेको’ भनी आफ्ना सुरक्षा अधिकारीहरुलाई पढाउने महामहिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज फेरि दिउँसो १ बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक पोलिटब्यूरो सदस्य तथा १५ नं. क्षेत्रीय ब्यूरोका इन्चार्ज सिताराम बुढाथोकी र केन्द्रीय सदस्य तथा उक्त ब्यूरोका सचिव डिल्लीराम बोहोरालाई सुनसरी जिल्लाको इटहरीबाट गिरफ्तार गरेको कुराप्रति आम जनसमुदायको ध्यानाकर्षण गर्न चाहन्छौँ । ‘दुईचार जना मात्र रहेको’ पार्टीबाट दर्जन भन्दा बढी केन्द्रीय सदस्यहरु नै गिरफ्तार भइसकेको कुरा पनि इतिहासका निर्माता जनता समक्ष जाहेर गर्न चाहन्छौँ । यो कायरतापूर्ण गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र जीवनभरि जनताका लागि लड्दै आएका सिपाहीहरुको रिहाइका लागि पहल गर्न आदरणीय जनसमुदाय, नागरिक समाज र कानून व्यवसायीहरुलाई आह्वान गर्दछ । यसको साथै साम्राज्यवादको निहित उद्देश्य पुरा गर्न नेपाली युवाहरुको रगत बगाएर हुन गइरहेको यो चुनाव बहिष्कार गर्नु देशको स्वाधीनता र जनताको मुक्तिका पक्षमा रहेको छ, बहिष्कार सफल पार्न मतदानमा भाग नलिनु नै बुद्धिमानी हुन्छ, पछि पछुताउनु भन्दा साम्राज्यवादका दलालहरुलाई मतदान नगरौँ ।”

सिताराम बुढाथोकी 

 

डिल्लीराम बोहोरा

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित