नारायण प्रसाद भण्डारी
आजकल नेपालमा २०८२, फागुन २१ को निर्वाचनलाई कोही महासंग्राम भन्दै छन् । कोही राष्ट्रिय पर्व भन्दै छन् । सरकारले निर्वाचनको विपक्षमा अभिव्यक्ति दिनेहरुलार्ई कडा चेतावनीका साथ कार्वाही एवं गिरफ्तारी गर्दै खोरमा हुल्दै छ । संविधानले दिएको मौलिक हक पनि खोसिदै जान थालेका छन ।देश र जनताको पक्षमा आवाज उठाउने भ्रष्टचारी राष्ट्र प्रति घात प्रतिघात गर्नेहरुलाई सम्मानमा पर्छन् । त्यस्ता घातकीहरुलाई कार्वाही गर्ने आँट यो सरकारसँग भएन । अराजक देश जनता र राष्ट्रको सम्पदा कसैको पेशा व्यवसाय बाँच्न पाउने अधिकारसम्बन्धी हानी नोक्सानी बाहेक अन्य पक्ष मनमा लागेका कुरा आफनो स्वतन्त्रता भोट नो भोट दुबै गर्न पाउने मौलिक हक अधिकार सुरक्षित हँुदा हँुदै पनि मानवताको अधिकार नै साँघुरिदै जान थालेको छ ।
विदेशीहरुको राईदाई भूराजनीति नवउदारवाद साम्राज्यवाद पश्चिमाहरुबाट अति खर्तनाक तरिकाले हस्तक्षेप बढाउँदै लगेको छ । राज्यकै मुटुमा २०८२,फागुन ३ गते सेना दिवस मनाउने भनेर विभिन्न देशका सेना पाहुना बोलाएर राष्ट्रपति प्रधानमन्त्री नेपाली सेनाको जमघटको समयमा अमेरिकन सेनाहरुले खुलियाम उफ्री उफ्री खुसीयाली प्रकट गर्दै बेण्डबाजाको तालमा नाँचिरहेका छन् । देशमा यस्तो खाले ताण्डव नृत्य देशमा किन देखाइयो ? भनेर चाँसो राख्नेहरुका भनाइ प्रति राज्य उल्टो गरि प्रस्तुत भएको छ । यो हाम्रो परम्परा हो कसैले अन्यथा लिनु पर्दैन भन्छन् । राष्ट्रियतामाथि खतरा बढदै गएको चिन्ता राष्ट्रवादीहरुका आँखाले देख्यो र बोल्यो तर शासकहरुलाई पचेन उल्टो हुने गरि विपरीत बुझाइ भए पछि धडपकड ज्यादति मच्चाउन थाल्यो ।
अहिले संसदीय व्यवस्थाका मालिकहरु यो संविधान संसारकै अब्बल भनिने गणतन्त्र बचाउनका लागि भनेर २०८४ मा हुने नियमित चुनावलाई जेनजी विद्रोहको नाममा देश ध्वस्त अस्तव्यस्त आगलागीबाट खरबौंको क्षति भएको हाम्रो कारणले होइन । जेनजीबाट हो । भन्दै आफना गल्ती कमी कमजोरी छिपाएर चुनाव जितेर फेरि पनि राष्ट्रको सम्पदामा आलो पालो गर्दै बचेकुचेको देश समाप्त पार्ने वैधानिक लाइसेन्स प्राप्त गर्न गाउँवस्तीका कुना कन्तरा कहिल्यै नपुगेको नदेखेका बस्तीहरुमा ठूलो तामधामका साथ नेता कार्यकर्ता उनका निकट आसेपासे झोले धुपाउँरेको भिडले भोलि जिताए पछिको माखे दाउँ पार्ने उद्देश्यका साथ गाउँ,गाउँमा माला अबिरले सजाएर लिला तमासा देखाउँदै ताइ न तुइका छदमभेषि अवसरवादी भ्रम छर्दै हामीलाई भोट दिनुस् हामी तपाइहरुको गाउँ बस्तीलाई हेर्दाहेर्दै शहर बनाएर देखाउने छांै । भन्दै जनतालाई गत निर्वाचनदेखि हालसम्म गुमनाम भएका नाक, मुख नदेखाएकाहरुको लर्को गाउँबस्तीमा छिरेका छन् । सायद उनीहरुसंग जनतालाई भन्ने देखाउने लायकका कुनै चिज वस्तु उदाहरण नभएपछि एउटा बाटो पूल त्यही पनि पटक पटक म्याद थप्दा पनि नबनेका अधुरा अधुरै रहेको । त्यसैलाई सबैले पालो पालो गर्दै यो मैले र मेरो कार्यकर्ताको जोडबलले मेरो पार्टीले मात्र यहाँ बजेट पार्न सफल भएको हो भन्दै हानथाप गर्छन् ।
अब फेरि एकपटकलाई मौका दिनु भो भने यो अधुरो बाटो पूरा गर्ने र अन्य धेरै योजना पार्ने यो गाउँ उही हो र ? भन्ने गराउने मसँग क्षमता छ । त्यसकारण एक पटकलाई मौका दिनु प¥यो भन्दै । नाता पाता लगाउँदै गोरु खरिद विक्री गरेका नाता साइना लगाउँदै लाचारहरु खुटटामा ढोग्ने साथमा राखेर फोटा खिच्ने रुने भाँडा माँझी लाग्ने खेतबारीमा खन खोरस गरि लाग्ने कपडा धोइ लाग्ने खल्यानमा के छ ? ओसाइ लाग्ने गरेर भ्रम जाल फिजाउँदै छन् ।
बिडम्बनाका साथ भन्नु पर्छ । हामी हाम्रो देशका जनता हाम्रो समाज अझै परिवर्तन हुन सकेन । सायद त्यो पनि एउटा कारण हो कि आजको २१ औं शताब्दीसम्म आउँदा पनि देश समाज गाउँबस्ती चालचलन रितिरिवाज झन पछि झनै रुढीवादी यथास्थितिवादी अबस्थामा गुज्रिएको छ । परिवर्तन भनेको कत्ति पनि हुन सकेन । नेपालमा कति आन्दोलन भए ? कति संघर्ष भए ? महान जनआन्दोलन जनयुद्ध नै भयो । प्रजातन्त्र आयो बहुदल आयो पछिल्लो चरणमा गणतन्त्र नै आयो ।
अब यो भन्दा बढि व्यवस्था परिवर्तन हुन्छ के ?हाम्रा चालचलन गतिविधि हाम्रा वानी ब्यबहार सोचाइ दृष्टिकोण यथास्थितिमै दबिए जस्को परिणाम हाम्रो अवस्था नै परिवर्तन हुन सकेन व्यवस्था बदलेर चुनाव गरेर मात्र देशको विकाश र जनताको परिवर्तन एवं निकाश हुन हालसम्मका चुनावको परिणामले जानकारी दियो तर फेरि पनि निर्वाचन को हुइया कसरी आयो ? नेपाली जनताको र देशले मागेको निर्वाचन होइन । जेनजी विद्रोहको माग पनि निर्वाचन थिएन । त्यसकारण यो भिन्न बाटो वा भिन्न उद्देश्य बोकेर आएको छ । यो निर्वाचनले फाइदा पुराउने भनेको जसले जेनजी विद्रोहमा देशको सरकारी निजी अमूल्य सम्पदा जलाएर खरानी बनायो ।कुन उद्देश्यले जलाएको हो । त्यही उद्देश्य पूरा गर्ने माध्यम भनेको २०८४को निर्वाचन २०८२ मा सारेर राष्ट्रको ढुकुटी रित्ताइँदै छ । तीनको लागि मात्र यो चुनावी रोइलोको अफाबह फैैलाइएको हो । यी विषयवस्तु यो देशको वास्तविक्ता अवस्था पटक पटकका घटना परिघटना आधारभूत जनताले बुझ्न बुझाउन कठिन भयो । यही कारण देश अब खतरनाक एवं दुर्घटनाको अन्तिम संघारमा पुगेको संकेतहरु देखिन थाले ।
अहिले विश्वमा साम्राज्यवादले आफना षडयन्त्रका ताना माना सहित हस्तक्षेपका योजना विभिन्न रुपमा विभिन्न शैलीमा बढाइ रहेको छ । जस्तै
१) सेना दिवसको अवसर पारेर नेपाली सेनाको आमन्त्रणमा अमेरिकी सेना नेपालमा आयो र पार्कमा बेणडबाजा बजाएर राष्ट्रपति प्रधानमन्त्री नजिकै टुंडीखेलमा उफ्रि उफ्रि नाँचेका फोटा एवं नेपालको चिनो समेत लिएको फोटा सार्वजनिक भए । त्यसपछि यो कुरा बहसको विषय बन्न पुग्यो । अहिले मात्रको यो घटना हो वा निरन्तरताको हो ?विश्लेषण संस्लेसण गर्दै जाँदा यो विषय नयाँ होइन । बिडम्बना के भयो ? भने शेर बहादुर के.पी मा, कु.ने जस्को पालामा भएपनि निरन्तरता हुनेहरुको लागि हुनु पथ्र्यो भयो तर प्रचणड को पालामा हुनु दुखद हो । किनभने त्यति ठूलो युद्ध किन ? के का लागि थियो ? यस्ता कुराको अन्त्य हुन किन सकेन ? अहिले बहस यति मात्र हो । सेना आमन्त्रणको विषयमा रुस, चीनको सेनाले प्रवेश किन पाएनन ? षडन्यत्र त्यहाँनेर भएको छ । नेपालमा साम्राज्यवादको हावी अहिले जेनजी विद्रोह अहिले नै निवार्चन अहिले नै सेना दिवसको घटना यिनी संयोग होइनन । योजना बद्ध भएको कारण देशमा ठूलो खतरा एवं दुर्घटनाको संकेत देखियो ।
२) अन्य समसायिक पक्षहरु नेपालमा एमसीसी, एसपिपि लगानी हुनु, जेनजी विद्रोहको उद्देश्य एकातिर थियो । त्यसलाई अर्को तर्फ मोडेर २०८४मा हुने नियमितको निर्वाचन २०८२ मा हुनु पर्ने, दलाइ लामाको विषयले घनीभूत बहस ल्याउनु उनकै प्रतिनीधि नेपाल आउँदा राजकीय सम्मान पाउनु, अझ महत्वपूर्ण कुरा १५ आंै दलाइ लामा नेपालबाटै घोषणा हुने विषयले चर्चा पाउनु , चीनसँग मित्रताको सम्बन्ध साँघुरो बन्दै जानु, र्निवाचनको लहर घण्टीमा जानु, नेपालको सरकार अमेरिकाबाट सन्चालित भए जस्तो देखिनु , रवि एउटा व्यक्ति हो । उनी भ्रष्टाचारी केशमा आरोपित छन् तिनको केश उल्टाउन कानुन नै सशोेधन गराउन खोज्नु, रविलाई ठिक निर्वाचनको ऐन मौकामा जेलबाट निकाल्नु , देशमा २४ गते जेनजीको नाममा खरानी हँुदा महानगरको दम्कलका साचाँ हराएर बालेन र सेना रमिते बन्नु ,संसद विघटन हुनु, संविधान पुरानै बचाएर थोरै पनि विद्रोही पक्षको आवाजले न्याय नपाउनु, देश खरानी पार्ने को हो ? कुनै कार्वाही समेत हुन नसक्नु, छानविन आयोगको प्रतिवेदन सार्वजनिक हुन नसक्नु, यी सम्पूर्ण घटना भनेको देशका खतराका संकेत हुन ।
जनताले बुझन सकेन भने अब देश फेरि पनि दुर्घटना तर्फ जाने छ । भन्ने थुप्रै संकेत देखिएका छन । यी संकेतले नेपाल युके्रन भेनेजुएला, हमास, इराक, ग्रीनल्याणड लगायतका देश जस्तै हुन सक्ने प्रवल सम्भावना देखिएकै कारण अब राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनुको विक्लप छैन ।
धन्यवाद ।

