गंगा पौडेल
मेरो दृष्टिकोणमा सकरात्मक सोच भनेको समस्यालाई नदेखेझैं गर्नु होइन । समस्या देखेर पनि त्यसबाट समाधान र सम्भावनाको बाटो खोज्नु हो ।
जीवनमा सुख दुःख सफलता र असफलता आशा र निराशा सँग सँगै आउँछन् । सकरात्मक सोच भएको मानिस असफल हुँदा आफुलाई कमजोर ठान्दैन बरु “यसबाट मैले के सिक्न सक्छु ?” भनेर सोच्दछ कठिन परिस्थितिमा पनि धैर्य राखेर अघि बढ्ने शक्ति सकरात्मक सोचले दिन्छ ।
सकरात्मक सोचका केही महत्वपूर्ण पक्ष छन् ः
०आशावादी बन्नु –परिस्थिति जस्तो भए पनि सुधारको सम्भावना देख्नु
० आफुमाथि विश्वास गर्नु –आफुले प्रयास गने परिवर्तन सम्भव छ भन्ने विश्वास राख्नु
० समस्या भन्दा समाधानमा ध्यान दिनु
० असफलतालाई सिकाइको अवसर मान्नु
०अरुप्रति राम्रो भावना राख्नु र सहयोग तथा सहकार्यको संस्कार विकास गर्नु ।
०नकरात्मक विचारलाई विवेकपूर्ण रुपमा नियन्त्रण गर्नु ।
तर सकरात्मक सोचको अर्थ आँखा चिम्लेर सबै कुरा राम्रो छ भन्नु पनि होइन ।वास्तविकता स्वीकार गरेर त्यसलाई सुधार गर्ने साहस,धैर्य, र कर्मशीलता नै साँचो सकरात्मक सोच हो ।
मेरो विचारमा सकरात्मक सोच जीवन परिवर्तनको पहिलो कदम हो ।तर त्यसलाई कर्म अनुशासन र निरन्तर प्रयासले व्यवहारमा उतार्नु पर्छ । राम्रो सोचले राम्रो दृष्टिकोण दिन्छ ।राम्रो दृष्टिकोण राम्रो निर्णय गर्न सिकाउँछ र राम्रो निर्णयले जीवनलाई सही दिशातर्फ लैजान सक्छ ।
अन्ततः भन्नुभर्दा “परिस्थिति सँधे हाम्रो इच्छाअनुसार नहुन सक्छ ।तर परिस्थिति लाई हेर्ने हाम्रो दृष्टिकोण भने हामीले रोज् सक्छौं ।”यही छनोट नै सकरात्मक सोचको सुन्दर पक्ष हो ।

