आज फागुन १८, नेपालको पहाडी र हिमाली क्षेत्रमा होली पर्व

काठमाडौं । आज फागुन १८, नेपालको पहाडी र हिमाली क्षेत्रमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ र सरकारले यस भेगमा  सार्वजनिक बिदा दिएको छ। नेपालमा फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशमा होली पर्व मनाउने गरिन्छ । होली पर्व रंगहरुको पर्व हो ।

होली पर्वलाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ। पाकिस्तान,बङ्गलादेश,मौरिसस,फिजी,सुरिनाम लगायत संसारका धेरै देशहरुमा यो पर्व मनाइन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा रङ दलेर रमाइलो गरिन्छ ।होलीलाई आपसी मेलमिलाप र सद्भावको सन्देश दिने पर्वको रुपमा मनाइन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित