इरानको सर्वोच्च नेता मोज्तबा खामेनेई घोषणा

काठमाण्डौ । इरानले देशको सर्वोच्च नेता मोज्तबा खामेनेईलाई घोषणा गरेको त्यहाँका सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्। सर्वोच्च नेता रहेका उनका बुबा आयातोल्लाह अली खामेनेई अमेरिकी र इजरायलले इरानमा संयुक्त आक्रमण गरी तेहरानस्थित आफ्नै निवास परिसरमा मारेका थिए । उनलाई मारेपछि उनका छोरा मोज्तबा खामेनेइलाई सर्वोच्च नेता घोषणा गरिएको हो ।
मार्च २८मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेका थिए । इरानको सर्वोच्च नेता आयोतल्लाह खामेनी मारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँका जनतालाई नयाँ सरकार घोषणा गर्न भनेका थिए तर इरानले नयाँ सर्वोच्च नेता चयन गरेको छ । इरानले आक्रमणको जवाफी कारबाहीमा बहराइन,कतार, दुवइ,साउदी लगायतका अमेरिकी बेसक्याम्पहरुमा निशाना बनाइ प्रहार गरेको छ । इरानलाई वार्तामा बस्न डोनाल्ड ट्रम्पले धम्काइरहेका भए पनि इरानले वार्तामा बस्न अस्वीकार गर्दै आएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित