गीत ःभ्रष्टाचार हटाइ सुशासन देउ सरकार

नारायण योगी
जनताले फैसला गरे निर्मोही यो हैन छैन के गरि भन्ने हो,
हात हातमा चल्ने खेलौना भुल भयो के गरि भन्ने हो।
बेरोजगारी अभाव र महंगीले पिल्सिएका
भ्रष्टाचार कुशासनले घर गाउँ तडपिएका,
दुःखीजनका पीडा धेरै आशा गर्दै थलिएका
विदेशका गल्ली सहर युवा दुःखी बनेका ।
जनताले …
भ्रष्टाचार हटाई सुशासन देउm संजाल खोल सरकार
देश धेरै पछि प¥यो छिटो विकास गर सरकार
देशमै बसी काम गर्छौं कारखाना खोल सरकार
शिक्षा स्वास्थ्य निशुल्क गराई सबैलाई सुखी बनाउ सरकार।
जनताले ……
२३गते युवा जुटे झोलामा सपना धेरै बोकी
सरकारले जवाफ दियो युवाजनलाई गोली ठोकी
शासन गर्न नजानेर सत्ता छोडी भाग्नु प¥यो,
देशघातीलाई नौजाल बुन्ने ढोका खुला छाडनु प¥यो

जनताले ……

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित