– टेकहरी न्यौपाने
हामीले सबैलाई भनेकै थियौं
नचाहिंदो खेलमा किन भाग लियौं
सधैरभरि सबैलई खबरदारी ग¥यौं
हाम्रो रिस गर्दथ्यौ भर अन्तै प¥यौ ।
सत्ताको स्वादले आफै आफै लड्यौ
सबैलाई थाहा भो कति अघि बढ्यौ
कति अबुझ रैछौ निकै नै सड्यौ
सत्ताको स्वादमा जुका जस्तै गढ्यौ ।
हामीले सबैलई भनेकै थियौं
नचाहिदो खेलमा किन भाग लियौं
पहिला नै सजक बनाएका थियौं
हामीलाई नै सबैले निकै धोका दियौ
सचेत बनाउँदै हिंडेका नै थियौं
मिलि भगतमा हामीलाई जेल कोची दियौ
सही हुन्थ्यो भने हामी भाग लिन्थ्यौं
तिमीहरु सबलाई हामी साथ दिन्थ्यौं
यो गलत हो सही होइन भन्यौं
हाम्रा साथी सबै जेलभित्र तान्यौं
पहिला नै सजग बनाएका थियौं
हामीलाई पक्रेउ जेलभित्र लियौं
ठाउँठाउँमा हामीले कार्यक्रम दियौं
विरोध ग¥यौं तिम्रो पुत्ला फुकि दियौ
धरपकड गर्छौं भन्ने हामलाई थियो
निडर बनेर हामीले कार्यक्रम दियौं
हामीलाई सताउने नियत तिम्रो थियो
खराब नियतले जेलहाली दियौ
खेलको मैदानमा सबै एकै साथ थियौं
सब तिमले हाम्लाई डुब्न पानी लियौं
तर पनि हामीले कार्यक्रम दियौं
जेल हाल्छौं भन्नेमा हामी ढुक्क थियौं
हामीसँग तिमी कायर भैदियौं
निकै नै तिमीहरु सब सशंकित थियौं
हामीले तिम्रो पुत्ला जलाई दियौं
हामीले सबैलाई भनेकै थियौं
यस्तो चलखेलमा किन भाग लियौं
हाम्रा कार्यक्रम जसरी पनि दिन्छौं
पुत्ला बनाई तिम्रो हामी जलाई दिन्छौं
देशको ठाउँठाउँमा कार्यक्रम दियौं
कायर हौं तिमी भन्नेमा हामी ढुक्क थियौं
नयाँ पुराना सबले भाग लियौं
मुलुकलाई झनझन ऋण बनाइदियौं
विदेशी रिझाउने संकल्प लियौं
देश र जनतालाई फेरि धोका दियौं
फोहोरी खेलमा किन भाग लियौं
त्यही नै हाम्रो खबरदारी थियो
किन हामलाई तिमीले पक्रेर लियौं
विरोधमा तिम्रो पुत्ला फुकीदियौं
हामीले फेरि संकल्प लियौं
दलालहरुलाई चुनौती दियौं
यस्तो चलखेलमा किन भाग लिन्छौं
फेरि पनि हामीले खबरदारी गर्छौंं
दलाली नगर देशबाटै लखेट्छौं
खेल मैदानमा सब एक साथ थियौं
तिमी सब मिलेर निकै धोका दियौं
सत्तामा छँदा भस्मापुर बन्यौं
जनतालाई सधै नै रैति नै मान्यौ
भगाए जनताले अब के ठान्यौ
आफैले आफैलाई मसिहा भन्यौ
हविगत के भो थोरै केही जानेउ
हामीले सधै भनेकै थियौं
हावामा हाम्रा कुरा उडाइदियौं
सत्ताको संवादमा मैदानमा थियौं
के थियो हिजो आज के भैदियो
उन्मात मच्चाउँदै हिंडेका थियौ
भोलि के हुन्छ भन्ने भैदियौै
सत्ताको स्वादमा अर्को आइदियो
ढाडेलाई अब मुसो बनाइदियो
ढाडे र मुसोको खेल खेल अब
जनताले फेरि खेल हेर्छन सब
मैदानमा खेल बिगार्छौ जब
ढाडे र मुसो भाग्नेछौ तब । 000

