“साम्राज्यवाद विरोधी संयुक्त मोर्चा आजको आवश्यकता”

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले साम्राज्यवाद विरोधी संयुक्त मोर्चा आजको आवश्यकता रहेको बताएको छ । २०८२ फागुन २४ र २६ गते बसेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठकले सो निष्कर्ष निकालेको हो । बैठकले फागुन २१ गतेको संसदीय निर्वाचनको मूल्यांकन , निर्वाचन बहिस्कार आन्दोलनको समीक्षा समेत गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८२ फागुन २८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै स्थायी समितिको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नु भएको छ । प्रेस विज्ञप्ति यस प्रकार छ –

“२०८२ फागुन २४ र २६ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठक महासचिव कमरेड गौरवको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) महान् जनयुद्ध, ऐतिहासिक जनान्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनहरूमा शहादत प्राप्त गर्ने वीर तथा विराङ्गनाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी बैठकको प्रारम्भ गरियो ।
२) बैठकले गत केन्द्रीय समितिको चौथो पूर्ण बैठकद्वारा पारित संसदीय चुनाव बहिष्कारको कार्यनीति कार्यान्वयन गर्न तय गरिएको कार्यक्रमवारे समीक्षा गरेको छ, जस अनुसारः क) सामान्यतः बहिष्कारको कार्यनीति दलाल संसदीय राज्यव्यवस्थालाई कमजोर बनाउन, जनसमुदायको क्रान्तिकारी भावना र क्रान्तिकारी चेतना बचाउन, पार्टीलाई ज्वारभाटाका विरुद्ध जानका लागि अभ्यस्त बनाउन, पार्टीको स्वतन्त्र पहिचान स्थापित गर्न, नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रममा सक्रिय राख्न सफल भएको छ; ख) कठपुतली सरकारको निर्वाचन आयोगद्वारा घोषणा गरिएको मतदाता संख्या प्रतिशतभन्दा निकै कम मतदाताले मतदान गरेको, दार्चुलाका दुईवटा, दाङका दुईवटा, दोलखाको एकवटा र ओखलढुंगाको एकवटा गरी छ वटा मतदान केन्द्रका जनताले बहिष्कार गरी खाली मतपेटिका पठाइदिनुले बहिस्कारको औचित्य प्रमाणित भएको छ र संसदीय व्यवस्था अझै नाङगिएको छ; ग) यो निर्वाचन साम्राज्यवाद र विस्तारवादद्वारा प्रायोजित हो भन्ने कुरा “जेन्जी विद्रोह” का नाममा सरकार परिवर्तन गरी चुनाव गराइनु, बालेन र रवि जस्ता पात्रहरु खडा गरी स्टन्टबाजीका साथ वर्षौंदेखि पूर्वाभ्यास गरिरहेको कुरा नेपाली जनताका लागि रहस्यमा राख्नु, ठुला भनिएका संचारगृह कब्जा गरी मास हिस्टेरिया पैदा गर्नु, रास्वपा उम्मेद्वार र अन्य पार्टीका उम्मेद्वारबीच म्यानिपुलेशन द्वारा जमीन–आकाशको मतान्तर गराइनु, पैसाको खोलो बगाएर राज्यसत्ताका सम्पूर्ण अंग किनिदिनु, चुनावको नतिजा आउँदा नआउँदै अमेरिकाले नयाँ सरकारसँग सुरक्षा सहकार्य गर्ने भनी वक्तव्य दिनु, पूर्व सरकारद्वारा एसपीपी (राज्य साझेदारी कार्यक्रम) स्वीकृत नभएको स्थितिमा स्वीकृत गराउने प्रक्रियागत श्रृंखला तयारीमा राखिनुले स्पष्ट पारेको छ; घ) अतः समग्र घटनाक्रमबाट शिक्षा लिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय स्वाधीनताको विषयलाई प्रमुख मुद्दा बनाउँदै साम्राज्यवाद विरोधी संयुक्त मोर्चा आजको आवश्यकता महसुस गरेको छ र आगामी कार्यक्रम त्यसमा केन्द्रित गरिनेछ ।
३) हामी आदरणीय जनसमुदायलाई आह्वान गर्दछौं कि कुनै ठोस परिस्थितिमा कम्युनिस्ट पार्टीले संसद्मा बहुमत प्राप्त गरेर सरकारमा सहभागी भएको भए पनि यसले संसद र सरकारको पूँजीवादी वा नेपालको सन्दर्भमा दलाल पूँजीवादी स्वरुप बदलिंदैन वा पुरानो राज्यसत्तालाई चक्काचूर पारी नयाँ राज्यसत्ता स्थापना गर्ने काम बाँकी रहन्छ भन्ने कुरा एमाले र माओवादीको संसद तथा सरकार प्रवेश र पतनले पुष्टि गरेको छ । यसबाट आधारभूत सामाजिक परिवर्तन पनि गर्न सकिदैन । त्यसकारण क्रान्तिकारी कम्युनिस्ट पार्टीले पुरानो राज्य सत्तामा आमुल परिवर्तन गरी नयाँ राज्यसत्ता स्थापना गर्न आफ्नो सम्पूर्ण तागत केन्द्रित गर्नुपर्दछ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित