चैत्र – १७,काठमाडौँ । एमाले पार्टीले सचिवालय बैठक पश्चात संघर्षको कार्यक्रम घोषणागरेको छ। नेकपा एमालेको पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चैत्र १४ गते प्रहरीले जेन्जी आन्दोलनलाई दमन गरेको भन्दै गिरफ्तार गरेर हिरासतमा लिएपछि एमालेले सङ्घर्ष गर्दै आएको छ । संघर्षलाई अझ प्रभावकारी बनाउन आगामी कार्यक्रम घोषणा गरेको त्यस पार्टीले जनाएको छ । चैत्र २४ सम्म जिल्ला स्तरमा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने , चैत्र २८ गते पालिका स्तरमा विरोध प्रदर्शन गर्ने ,वैशाख ३ गते वडास्तरको भेला सम्पन्न गर्ने विरोध प्रदर्शन गर्ने, वैशाख ७ गते प्रदेश स्तरीय विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने, वैशाख १२ गते काठमाडौँमा प्रदर्शन तथा विरोधसभाको आयोजना गर्ने एमालेले जनाएको छ । वर्तमान राजनीतिक परिस्थितिका बारेमा नागरिक समाज र जनवर्ग तथा विभिन्न सामाजिक संघ संगठनहरूसँग अन्तरक्रिया र छलफल गर्ने पनि एमालेले जनाएको छ ।

