जेष्ठ १५, गणतन्त्र दिवस

काठमाडौं । आज जेष्ठ १५ गते गणतन्त्र दिवस हो । विभिन्न कार्यक्रम आयोजना गरी देशभर गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना भएको छ । त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ ।

संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् ।

नेपालको २०६२–२०६३ को जनआन्दोलन र दश वर्षे जनयुद्धको जगमा नेपालमा २०६४ चेत्र २८ गते पहिलो सविधान सभाको चुनाव भएको थियो । पहिलो सविधान सभाको पहिलो बैठकले २०६५ जेष्ठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यस घोषणा सँगै नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढलेको थियो ।

संविधान सभा भवन अगाडि नयाँ बानेश्वरमा २०६५ जेष्ठ १५ गते दिन भरी गणतन्त्रको पक्षमा प्रदर्शन भएको थियो । राष्टिय प्रजातन्त्र पार्टीका ४ जना साँसदले विपक्षमा मतदान गरे बाहेक सबैले गणतन्त्रको पक्षमा मतदान गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित