हरि बहादुर अधिकारीप्रति श्रद्धाञ्जली

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले हरि बहादुर अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय समिति सदस्य सुरेश अधिकारीका बुबा हरि बहादुर अधिकारीको २०८३ साल जेठ १५ गते ८३ वर्षको उमेरमा दुःखद निधन भएको छ । २०८३ जेठ १६ मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पवक्ता सुदर्शनले प्रेस वक्तव्य जारी गर्नु भएको छ । वक्तव्य यस प्रकार छ –“ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा न. ८ निवासी हरि बहादुर अधिकारीको हिजो २०८३ साल जेठ १५ गते ८३ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य सुरेश अधिकारीका बुबा हुनुहुन्थ्यो । उहाँका तीन छोरा, ३ बुहारी तथा नाति–नातिनाहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी हरि बहादुर अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र क. सुरेश अधिकारी लगायत सम्पूर्ण शोकाकूल परिवार, शोकसन्तप्त आफन्तजन तथा उहाँका साथीभाइहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित