काठमाडौं। महिला संगठनहरूले प्रधानमन्त्रीले प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको आघातका रूपमा व्याख्या गरेका छन् ।संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महिला संगठनहरुले उक्त धारणा व्यव्त गरेका हुन ।
विज्ञप्तिमा सम्पूर्ण देशभक्त र राष्ट्रप्रेमी नागरिकहरूलाई राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि एकताबद्ध हुन समेत आह्वान गरिएको छ । साथै प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्तिप्रति गम्भीर समीक्षा गर्दै भविष्यमा यस्ता विवादास्पद टिप्पणी नगर्न चेतावनीसमेत दिइएको छ ।
यो संयुक्त विज्ञप्तिमा क्रान्तिकारी महिला संगठन नेपाल,अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संगठन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), जनवादी महिला समाज नेपाल, क्रान्तिकारी महिला संगठन नेपाल लगायतका विभिन्न महिला संगठनका पदाधिकारीहरूको हस्ताक्षर रहेको छ ।


