रामेछाप । रामेछाप नगरपालिका ५ चारघरे भञ्ज्याङ स्थित जनता माध्यमिक विद्यालयको सभा हलमा क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपाल रामेछाप नगर समितिका संयोजक सुजन क्याप्छाकी मगरको अध्यक्षता र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समिति सदस्य तथा ९ नं.क्षेत्रीय ब्युरो कार्यालय सचिव झनक श्रेष्ठको उद्घोषणमा बुवा लालकृष्ण श्रेष्ठको दोश्रो स्मृति सभा सम्मान तथा शैक्षिक सामग्री वितरण गरी सम्पन्न भएको छ ।
२०८३ जेठ १६, शनिबार, चारघरे भञ्ज्याङ, कालन्जोर, रामपुरमा भएको उक्त कार्यकममा प्रमुख आतिथि क्राकपा नेपालको प्रवक्ता हेमन्तप्रकाश ओली, अतिथिहरु सोही पार्टीका राजनीतिक परिषद सदस्य अम्बिका चन्द ओली, समाजवादी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव अशोक सुवेदी, क्राकपा नेपालका केन्द्रीय सदस्य लाङ्घाली मगर, वडा जन प्रतिनिधि दिलबहादुर सुनुवार हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि हेमन्तप्रकाश ओलीले “कम्युनिस्टहरुले राजनीतिक क्रान्तिको साथै सांस्कृतिक क्रान्तिलाई अघि बढाइएन भने कम्युनिष्ट समाज ने बन्दैन अर्थात क्रान्ति सम्पन्न भए पनि प्रतिकान्ति हुन्छ भन्ने कुरा इतिहासले सावित गरेको छ । त्यसकारण झनक श्रेष्ठ, मीनबहादुर श्रेष्ठ, प्रेमबाबु श्रेष्ठ, निर्मला श्रेष्ठ, यमाया, मुना, सविता, खुपिन्द्र, सुन्तली, रीता, जानकी, पृथ्वी श्रेष्ठका बुवा लालकृष्ण श्रेस्ठको स्मृतिमा जुन सीमान्तकृत र उत्पीडित वर्गलाई लक्षित गरी कार्यक्रम बनाइयो, त्यसको लागि आयोजकलाई हार्दिक धन्यवाद छ ।” नेपालको राजनीतिक परिस्थितिको विश्लेषण गर्दै उहाँले अगाडि भन्नुभयो – ‘पुराना शासक पार्टीहरुको भ्रस्टाचार र कुशासनका कारण जनताले वाक्क भएर नयाँ आवरणमा आएको कमालबाज र साम्राज्यवादको दलाल पार्टीलाई मतदान गर्न बाध्य भए । जनताप्रतिको फासिवादी कुरुप यसले सुकुम्वासीमाथिको डोजर आतंकबाट प्रस्ट पारिसकेको छ ।’
त्यसपछि अशोक सुवेदीले भन्नु भयो – वर्गीय समाजको संस्कृति पनि वर्गीय हुन्छ । हामीले एक्लै भए पनि नयाँ संस्कृतीको शुरुआत गरेपछि मात्र अरु थपिदै जान्छन् । मलाई त फेरी समाजले नौ पटक काटने काम गरे पनि मैले आफ्नो अडान छोडेन जुन विज्ञान सम्बत थियो । यसले गर्दा समाजमा मलाई विस्वास गर्ने र मेरो कुरा सुन्ने मान्छे भेटिएका छन्।अर्की वक्ता क्राकपा नेपालकी आम्बना चन्द ओली हुनुहुन्थ्यो । उहाँले ‘लालकृस्ण श्रेष्ठसँग हाम्रो पारिवारको नाता जोडिएको र उहाँसँगको पारिवारिक र भावनात्मक सम्वद्ध राम्रो’ रहेको बताउनु भयो । आयोजकले अघि बढाएको कार्यक्रम बारे ब्याख्या गर्दै अम्बिका चन्द ओलीले भन्नुभयो ‘यो कार्यक्रमले पुँजीवादी समाजको विकल्प दिएको र वैज्ञानिक साजवादको दिशामा अधि बढ्न मदत गर्ने संस्कृतिको विकास हुदै्छ ।’
कार्यक्रममा क्राकपा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला सचिव लाङ्घाली मगर, वडा जनप्रतिनिधि दिलबहादुर सुनुवार र श्री जनता माविका शिक्षक जयदेव जोशीले मृतक बुवा लालकृष्ण श्रेष्ठको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा लालकृष्ण श्रेष्ठको फोटो माथि माल्यार्पण अबीर र फूल अर्पण गरि समापन गरिएको थियो । 



