प्रधानमन्त्रीको अभिव्यक्तिप्रति बार एशोसियसनको आपत्ति

 

काठमाण्डौ — कानुन व्यवसायीहरुको संगठन नेपाल बार एसोसिएसनले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्ति प्रति गम्भीर आपत्ति जनाएको छ । एशोसियसनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले २०८३ जेठ १९ गते एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर प्रश्नोत्तर कार्यक्रममा जवाफ दिने क्रममा नेपालले भारतको सीमा मिचेको छ भन्ने जस्तो गैर जिम्मेवार अभिव्यक्ति दिनु नेपालको सार्वभौम सत्ता स्वतन्त्रता ,राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता विरुद्धको कुरा भएको बताउनु भएको छ । विज्ञप्तिमा नेपालको भूमि सीमा र राष्ट्रिय स्वाधीना जस्ता विषय सम्पूर्ण नेपाली जनताको साझा विषय हो भन्दै प्रधामन्त्रीको अभिव्यक्ति देशको स्थापित अडानको विरुद्धमा रहेको जनाइएको छ। बार एशोसियशनले यस्ता महत्वपूर्ण विषयमा निर्णय लिँदा हठात लिनु भन्दा पनि ऐतिहासिक तथ्य अकाट्य प्रमाण ,नाप ,सन्धि ,सम्झौता जलविज्ञान जस्ता विषयमा आधारित भइ निर्णय लिनु पर्नेमा समेत जोड दिएको छ । प्रधानमन्त्रीले राष्ट्रको सीमा विवाद जस्तो गम्भीर विषयमा हल्का टिप्पणी गरेको समेत जनाएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित स्वाभिमान माथिको गम्भीर कुठाराघात रहेको पनि जनाएको छ । सीमा विवाद ऐतिहासिक तथ्य, अकाट्य प्रमाण, नाप–नक्सा, सन्धि–सम्झौता, जलविज्ञानजस्ता विषयमा आधारित भई दुवै देशका प्राविधिकहरुले टुङ्ग्याउने विषय भएको विज्ञप्तिमा जनाइएको छ । नेपालको ऐतिहासिक नक्सा, दस्तावेज, जलविज्ञान तथा भूगोलसम्बन्धी प्रमाणहरुका आधारमा सिमा विवादका समाधान गरिनु पर्ने बारको धारणा छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित