काठमाण्डौ । प्रधानमन्त्री वालेन शाहको संसदमा रास्ट्रघाती अभिव्यक्तिका विरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय परिसरमा मसाल जुलुश गर्दे विरोध प्रकट गरेको छ । जेठ २० गते साँझ शिक्षा विभागबाट शुरु भएर मशाल जुलुश घडी घरमा पुगेर समापन गरिएको थिाये । समापनको क्रममा महासचिव नविन खड्काको मन्तव्य रहेको थियो ।मन्तव्यको क्रममा खड्काले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको बताउनु भयो । अभिव्यक्तिको विरुद्ध सम्पूर्ण देशप्रेमी ,राष्ट्रप्रेमीहरु एक हुनु पर्ने कुरामा जोड दिनु भयो । भारतले वर्षौंदेखि नेपाली भूभाग मिचेको प्रमाण ,नक्सा ,तथ्य हुँदाहुँदै प्रधानमन्त्रीले नेपालले भारतीय भूमि मिचेको छ भन्नु निकै गैर जिम्मेवारपूर्ण अभिव्यक्ति रहेको बताउँदै प्रधानमन्त्रीको राजिनामा माग गर्नुभयो । प्रधानमन्त्रीले २०८३ जेठ १७ गते संसदको प्रश्नोत्तरको क्रममा नेपालले भारतीय भूमि मिचेको छ भनेर राष्ट्रघाती अभिव्यक्ति दिएका थिए र सो अभिव्यक्तिका विरोधमा अखिल क्रान्तिकारी सहित संयुक्त विद्यार्थी संगठनहरुले कार्यक्रम गरिरहेका छन्। प्रधानमन्त्रीको अभिव्यक्ति देशको सर्वभौमसत्ता ,नेपाल र नेपालीको हित विपरीत छ ।

