अमेरिकालाई घाँडो सावित ईरानसँगको युद्धले उत्पन्न गरेको अवस्था

लोकनारायण सुवेदी 
लेवनानमाथि इज्रालयको हमलाले पश्चिम एशियाको स्थिति अहिले झनै बिगारिदियो । इज्रायली राष्ट्रपति बेञ्जामिन नेतन्याहूको बढ्दो युद्धोन्मादलाई अहिलेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सही ठहराउदै आएको देखिन्छ । तर पछिल्लो समयमा के देखिन थालेको छ भने ट्रम्प स्वयंमले एउटा भस्मासुर खडा गरेर आफ्नै लागि कठिनाई मोल्न बाध्य हुुनु परिरहेको छ । यद्यपि ट्रम्पले एशियाली भष्मासुरको कथा पश्चिमा गोलार्धमा सुनेका होलान् भन्न सकिन्न । तर पनि आफ्नो लामो जीवनको अनुभवबाट उनले यति कुरा त सिकेकै होलान् कि खराबीको परिणाम पनि अन्ततः खराबी कै रुपमा फिर्ता आउँदछ ।वास्तवमा लेबनानमाथि इज्रायलको हमदम नरोकिएको मात्र होइन अहिले त इज्रायलले नेबनानका दहिय र बेरुतमाथि समेत बमबारी गर्ने धम्की दिएको छ र त्यहाँका निवासीहरुका लागि त्यो क्षेत्र खाली गर्ने चेतावनी दिने क्रम पनि जारी गरेकोछ । त्यस कुरामा ईरानले पनि के भनेको छ भने इज्रायलको यो कुरालाई कुनै मूल्यमा पनि स्वीकार गर्न सकिदैन । साथै इज्रायलको उत्तरी क्षेत्रमा प्रतियुद्ध गर्ने मनसुवा रहेको बताउदै त्यहाँका निवासीहरुले बच्नका लागि सुरक्षित स्थानमा जान सल्लाहा पनि दिएको छ ।
 ईरानले अमेरिकासँग जब पहिलो पटक अस्थाई संघर्ष बिराममा सहमति जनाएको थियो त्यसबेला ईरानको शर्तमा लेबनानमाथि इज्रायलको हमला रोक्ने कुरा पनि सामेल थियो । तर बेञ्जामिन नेतन्याहूले त्यसको लगातार उल्लंघन गर्दैरहे । त्यसैले यस सम्वन्धमा डोनाल्ड ट्रम्पको रीसको पारो चढेको देखिएको छ । गएको सोमबार के समाचार प्रकाशित भएको थियो भने रीसको झोंकमा ट्रम्पले फोन गर्दा नै नेतान्याहूलाई झपारेका थिए र कतिसम्म भनेका थिए भने ‘तिमी पूरै पागल  भइसक्यौ’ । ‘तिम्रा यस्ता हर्कतका कारणले आजको समयमा हरेकले तिमीप्रति धृणा गर्दछन्’ । यसरी यतिबेला के बताइदैछ भने ह्वाइट हाउसले इज्रायललाई लेबनानको राजधानी बेरुतको अण्डरग्राउण्ड अपरेशन  र हवाई हमला तुरुन्त रोक्नका लागि कडा दबाब दिइरहेको छ । त्यसैले  त्यसपछि इज्रायल बेरुतमा आफ्ना सैन्य कमदमहरु रोक्न राजी भएको भनिएको छ ।
अरब र मध्यपूर्बलाई हालसम्म के स्पष्ट हुन सकेको देखिदैन भने नेतन्याहूमाथि ट्रम्पले कस्तो किसिमको दबावा पैदा गर्न सक्लान् । किनभने दाबी त के गरिदै आएको थियो र  छ भने नेतन्याहूले एपस्टिन फायलको नाममा ट्रम्पलाई दबाबमा राखेका छन् । यद्यपि नेतन्याहू  अन्तर्राष्ट्रिय युद्ध अपराधी घोषित ब्यक्ति हुन् । उनको टाउकोमाथि  गिरफ्तारीको तरबार झुण्डिएको छ, कयौ देशहरुमा त उनले जानै नपाउने प्रतिबन्ध लागेको छ । सम्भव छ कि ट्रम्पले यस्तै किसिमका कुनै दबाब दिएका हुनसक्छन् । सबैलाई थाहा भएकै कुरा हो कि नेतन्याहू २१ नोभेम्बर २०२४ देखिनै युद्ध अपराधी घोषित छन् र उनका विरुद्ध पक्राउको आदेश जारी गरिएको छ । त्यो आदेशमा उनीमाथि गाजामा युद्ध हतियारकोरुपमा भोकमरीको उपयोग गरेको र नागरिकहरुमाथि जानीबुझीकन हमला गरेको जस्ता जघन्य युद्ध अपराध र मानबता बिरुद्धको अपराध जस्ता आरोप लागेका छन् । त्यसैले यतिबेला ट्रम्प र नेतन्याहूले एक अर्कोलाई के कस्तो दबाब दिएका छन् त्यसको उजागर त शायदै कुनै दिन होला । तर तर ती दुबैको युद्ध पिपासु प्रबृत्तिले सारा विश्वलाई ठूलो बर्बादीको दिशामा धकेलिदिएको छ । ईरानमाथि अमेरिका र इज्रायलको हमलापछि ईरानले  बाध्यताकासाथ हर्मुज  जल डमरुमध्य मार्ग बन्द गर्नु परेको छ जसले गर्दा बिश्वलाई तेलको आपूर्तिमा ठूलो ब्यवधान भएको महसुश होस् र यी दुबै देशले युद्धको मूल्य चुकाउनु पर्ने कुराको बोध होस् ।
हुन त अहिलेसम्म भेनेजुएलाका तेल श्रोतहरुमाथि कब्जा गरेर तथा  रुससँग तेल नकिन्ने दबाब दिएर अमेरिकाले विश्वमा अहिलेसम्म आफ्नो दादागिरी चलाइरहेको छ । तर अब उसको यो जिद्दी पनि कतै न कतैबाट टुट्न थालेको प्रतीत हु्न्छ । ट्रम्प सर्सरी हेर्दा त ईरानका विरुद्ध आक्रामक वयानबाजी गरिरहेका देखिन्छन् । तर कहिले अस्थाई युद्ध विराम, कहिले इस्लामावादमा शान्ति वार्ता आदि उपायका अतिरिक्त अन्य तरीकाबाट पनि सम्झौता गर्न कोशिश पनि गरिरहेका देखिन्छन् । ईरानसँगको युद्धमा अमेरिकाको जति आर्थिक र सामरिक नोक्सानी भयो त्यसले गर्दा आफ्नै देशमा पनि ट्रम्प अपूर्व घेराबन्दीमा परिरहेका छन् । त्यस प्रकारको स्थितिमा इज्रायलको कारणले गर्दा अमेरिकाको पूरै कूटनीति दाउमा लागेको छ भन्ने कुरा ट्रम्पले पनि अनुभव गरिरहेका छन् ।
 लेवनानमा इज्रायलको हमलाको विरोधमा ईरानले ओमान र अन्य माध्यमहरुबाट अमेरिकासँग चलिरहेको आफ्नो परोक्ष शान्ति बार्ता अनिश्चित कालका लागि निलम्बित गरिदिएको छ । ईरानी बिदेशी मन्त्री अब्बास अरागाची र रिभोल्यूनरी गार्डस्सँग जोडिएको सञ्चार एजेन्सी ‘तस्नीम’ले प्रष्ट गरिदिएको छ कि जबसम्म लेवनान र गाँजामा इज्रायको हमला पूर्णरुपले रोकिदैन तथा ईरानका सहयोगीहरुको हितको रक्षा हुदैन तबसम्म अमेरिकासँग कुनै कुराकानी हुनेछैन । ईरानले स्पष्ट शब्द मा भनेको छ कि – ‘एउटा मोर्चामा युद्ध बिरामको उल्लंघन, सबै मोर्चामा युद्ध बिरामको उल्लघन मानिनेछ’।
यसका अतिरिक्त ईरानले आफ्ना सहयोगी यमनको हूती समूहको माध्यमबाट बाब अल–मदाब समुद्री बाटोलाई पनि बन्द गर्ने चेतावनी दिएको छ ।हर्मुज जलडमरु पछि यदि बाब अल–मदाब पनि बन्द भयो भने विश्व नै थप अकल्पनीय नोक्सानीमा पर्न जानेछ । यमन(एशिया र जिबूती–इरिट्रिया(अफ्रिका)का बीच स्थित यो जल मार्गले लाल सागरलाई अदनको खाडीसँग जोड्दछ र अझ अगाडि स्वेज नहरसम्म पुग्दछ । यस जलडमरुको बाटोबाट विश्वको कूल सामुद्रिक व्यापारको कारीब ३० प्रतिशत जति कण्टेनर ट्राफिक गुज्रिने गर्दछन् । खाडी देशहरुबाट यूरोप र अमेरिका दिनका दिन जाने गरेको ४० देखि ७० लाख ब्यारेल कच्चा तेल र लिक्कुइफाइड नेचुरल ग्यास पनि यही बाटो भएर पठाउने गरिन्छ । यदि ईरान र हूतीले यो बाटोमा अवरोध पु¥याए भने ती जहाजहरुलाई अफ्रिकाको ‘केप अफ गुड होप’ हुँदै घुमेर जानु पर्ने हुन्छ । यसबाट यात्राको समय १० देखि १४ दिनसम्म बढ्न पुग्दछ । वस्तु ढुवानी र बीमाको खर्च पनि अप्रत्याशितरुपमा बढ्न पुग्दछ । अनि पूरै बिश्वभरी नै डरलाग्दो महंगी बढ्न पुग्छ ।
यति बेला ऊर्जाको विश्व संकट कायमै भएको  बेला त्यो बाटो हिड्न्ु पर्ने भयो भने विश्वमा थप त्राही त्राही मच्चिने निश्चित छ ।अनि त्यसमाथि बाब अल–मदाब जल डमरु पनि बन्द भयो भने त निश्चित छ कि इज्रालयल र अमेरिकाको कारण केवल पश्चिम एशियामा मात्र बिनाश मच्चिने होइन पूरै बिश्व अर्थ ब्यवस्था नै तेलको मूल्य  सबैभन्दा चर्कोरुपमा बढेर अहम महत्वका सामुद्रिक तेल मार्ग पूरै तहस–नहस हुन पुग्नेछन् । अमेरिकी राष्ट्रपति ट्रम्पले नेतन्याहूलाई दिएको चेतावनीको पछाडि यही आउन लागेको डरलाग्दो आर्थिक बर्बादीको डरको कारण बनेको देखिन्छ ।
अमेरिकका र इज्रायलको आक्रामक नीतिहरु र कारबाहीहरुमाथि रुस र चीनको साथै यूरोप र  अफ्रिकाका कतिपय देशहरुले पनि आलोचना गरिरहेका छन् र ईरानसँगको शान्ति बार्ता सफल पार्नु पर्ने पक्षमा खडा छन् । तर एशियाको एउटा ठूलो देश भारत भने यस सम्वन्धमा आफ्नो स्पष्ट दृष्टिकोण राख्न पनि चुकिरहेको भारतीय बिश्लेषकहरु नै औंल्याइरहेका छन् । उनीहरु नेतन्याहूसँग मोदीको निकटताले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक संकेत दिइरहेको छैन भन्ने कुरा औंल्याइरहेका छन् । यस सम्वन्धमा भारतीय काग्रेसका परिचित सांसद जयराम रमेशले सही प्रश्न उठाएको उल्लेख गर्दै विश्वका अनेकौ देशले इज्रायलको यस ईरानमाथिको युद्ध थोपर्ने कार्यको विरोध निन्दा गरिरहेको बेला भारत भने यसमा सामेल छैन । त्यसैले भारतीय जानकारहरु स्वयं नरेन्द्र मोदीका लागि उनको वास्तकि मातृभूमि –भारत)भन्दा बढी तथाकथित ‘पितृभूमि’ले के अर्थ राख्छ भन्ने प्रश्न अहिलेको विश्व स्थितिको परिप्रेक्षमा उठाइरहेका छन् ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित