‘मानव दासता र मुक्तिसंघर्ष ’ छलफल कार्यक्रम

काठमाण्डौ । वरिष्ठ लेखक अपत्य शर्माद्वारा लिखित ‘मानव दासता र मुक्ति संघर्ष ’बारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ लेखक तथा प्रसिद्ध आख्यानकार इश्माली (महेश्वर प्रसाद उापध्याय ) ले कृतिबारे समीक्षात्म टिप्पणी गर्नु भयो । उहाँले लेखक शर्माले लेख्नु भएको पुस्तक धेरै मेहनतपूर्वक लेख्नु भएको र हालको सन्दर्भमा नयाँ पुस्ताकोलागि उपयोगी रहेको छ भन्नु भयो । त्यसैगरी बाल साह्त्यिकार डा.छायाँदत्त न्यौपानेले पुस्तकबारे बोल्नु हुँदै वाम र अन्य युवाहरुलाई सहयोगी हुने बताउनु भयो । पुस्तकका लेखक अपत्य शर्माले कृति प्रकाशित गर्नुको औचित्यता बताउँदै धन्यवाद दिनु भयो । कार्यक्रममा श्रृङ्खला प्रकाशनका प्रकाशक प्रवीण जोशी, वाम विश्लेषक हरि श्रेष्ठ र संचारकर्मी इश्वरी थापाले पनि मन्तव्य राख्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित