बर्दिया । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दिया जिल्ला संगठन समिति जनसंगठन विस्तार अभियान सन्चालन गर्ने निर्णय गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समितिको मिति २०८३÷२÷२७ गते गुलरियामा सम्पन्न बैठकमा प्रमुख अतिथि पार्टी पोलिटब्यूरो सदस्य तथा ३नं ब्युरो सेक्रेटरी प्रकाशउर्जा हुनुहुन्थ्यो । अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिपीन क्षेत्री र पार्टी केन्द्रीय सदस्य तथा बाँके जिल्ला सेक्रेटरी पिटी रहनु भएको थियो । जिल्ला सेक्रेटरी बिनय रानाको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले गरेका निर्णय अनुसार निम्न अनुसार रहेको छ ।
जनसम्पर्क र जनसंगठन विस्तार अभियान सन्चालन गर्ने । २०८३÷२÷२८ गते देखि भाद्र मसान्तसम्म यो अभियान गर्ने र संगठनात्मक कामलाई मुख्य ध्यान दिदै पार्टी र ज.व.स.मोर्चाका संगठन निर्माणमा लाग्ने एवं भेला सम्मेलन परिचालन व्यवस्थित , संगठनात्मक अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।बैठकले विभिन्न मोर्चाहरुको प्रमुखहरुको चयन गरको छ ।जसमा (क ) क्रान्तिकारी थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल जिल्ला संयोजक विशाल ( ख )क्रान्तिकारी युवा संघ नेपाल संयोजक दिपक अधिकारी (ग )क्रान्तिकारी महिला संघ नेपाल संयोजक छाँया श्रेष्ठ ( घ) क्रान्तिकारी किसान महासंघ नेपाल संयोजक ज्वाला ( ङ) क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल संयोजक प्रताव ( च) जन न्यायिक समिति संयोजक बिनय राना (छ ) क्रान्तिकारी मुस्लिम मुक्तिमोर्चा नेपाल संयोजक नईम हसमी (ज ) क्रान्तिकारी मधेसी मुक्तिमोर्चा नेपाल संयोजक राम नरेश लोद ( झ )क्रान्तिकारी सुकुम्बासी मुक्तिमोर्चा नेपाल संयोजक ममता गौतम (ञ ) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) संयोजक र क्रान्तिकारी दलित मुक्तिमोर्चा नेपाल जिल्ला कार्यालय हेर्ने गरि निर्णय भएको छ ।

