काठमाण्डौ । सरकारको सूचना तथा विज्ञापन सम्बन्धी विभेदकारी नीति सच्याउ माग गर्दै नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाले जिल्ला प्रशासन कार्यालय बबरमहलमा धर्ना दिएको छ ।प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्बाध सूचना उपभोगको सुनिश्चितताका हुनुपर्ने माग राखेको छ ।आफ्ना माग पुरा गर्नका लागि दवावमूलक कार्यक्रम गर्दै आएको महासंघले असार १ र ३ गते दुई दिन बिहान ११ बजेबाट १२ बजेसम्म–महासंघका प्रदेश समितिको अगुवाइमा सबै मुख्य मन्त्रीको कार्यालयमा धर्ना दिने जनाएको छ भने असार ५ गते केन्द्रीय समितिको आयोजनामा पेशागत संगठन र सरोकारवालासहित काठमाडौंमा वृहत् ऐक्यवद्धता ¥याली गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
२०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै तहको सरकारी विज्ञापन र सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने विभेदकारी परिपत्र खारेजीको माग राख्दै महासंघ चरणवद्ध आन्दोलनमा छ । नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन गरे पनि आदोलनको सुनुवाइ सरकारले गरेको छैन । जेनजी आन्दोलन पछि फागुन २१ गते सम्पन्न संसदीय निर्वाचन पछि बनेको बालेन्द्रसाह सरकारले प्रेस माथि अंकुश लगाउने तवरले विज्ञापन तथा सूचना नदिने नीति अवलम्वन गरेको छ । विज्ञापन तथा सूचनामा अघोषित प्रतिबन्ध लगाएर सरकारले प्रेस स्वतन्त्रताको हनन गरेको छ ।

