काठमाण्डौ । नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मी नेपाली भूभागतर्फ प्रवेश गरेपछि सुस्ताबासी नेपालीहरुले त्यसको प्रतिकार गरेका छन् । स्थानीयवासीका अनुसार भारतीय सुरक्षाकर्मी हतियारसहित सीमाक्षेत्रमा प्रवेश गरेका थिए । स्थानीयहरुको प्रतिकार पछि उनीहरु आफ्नो भूभाग तर्फ लागेका छन् । प्रधानमन्त्री वालेन्द्र साहले नेपालले भारतीय भूमि अतिक्रमण गरेको छ भनेर जेठ १७ गते संसदमा राष्ट्रघाती अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्ति सुन्ने वित्तिकै भारतीय पक्षबाट सीमा नाका सुस्तामा तनाव उत्पन्न भएको थियो । सीमा रक्षामा सुस्ताबासी बहादुरी पूर्वक लड्दा सरकार नेपाललाई विस्तारवादी मूलुक बताएर बसेको छ ।
सुस्तामा भारतीय सुरक्षा बलको दादागिरी मच्चिँदा सरकार कहाँ छ ? भनेर संसदमा समेत कुरा उठेको छ ।


