भारतीय सुरक्षा फौज एसएसबीद्वारा सुस्तामा गरिएको हस्तक्षेपको पोखरामा विरोध

 

 कास्की ।भारतीय सुरक्षा फौज एसएसबीद्वारा नेपालको नवलपरासीको सुस्तामा अनाधिकृत रुपमा प्रवेशको विरोधमा कास्कीको पोखरामा तीन पार्टीहरूले जेष्ठ ३१ गते विरोध गरेका छन्। पेलेकार्ड लिएर सडकमा आई राष्ट्रिय स्वाधिनताको पक्षमा र भारतीय हस्तक्षेपको विरोधमा उनीहरुले सडकमा नारा लगाएका थिए। भारतद्वारा गरिएको हस्तक्षेपको विरोध गरौँ। राष्ट्रिय स्वाधीनताको रक्षा गरौं । सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक हौ लगायतको नाराहरू प्रदर्शनकारीहरूले लगाएका थिए। उनीहरुले प्ले कार्डहरु पनि प्रदर्शन गरेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी माओवादी तीन पार्टीद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केशबहादुर परियार, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका विक्रम थापा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता शंकर बराल लगाइतका नेता कार्यकर्ताहरूको उपस्थितिमा उक्त प्रदर्शन गरिएको थियो।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नेपाली भूमिमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेको विषयमा विवाद उत्पन्न भएको थियो । अनाधिकृत रूपमा प्रवेश गरेका सुरक्षाकर्मीलाई सुस्ताका स्थानीयले प्रतिकार गरी फिर्ता पठाएका छन् । जेष्ठ २९ गते शुक्रबार बिहान करिब ७ बजे बिना पूर्वसूचना ५ देखि ७ जनाको संख्यामा रहेका भारतीय एसएसबी सुस्ताको थारू टोल प्रवेश गरेका थिए । खेतमा काम गरिरहेका नेपाली नागरिकले नेपाली भूमिमा प्रवेश गरेको भन्दै विरोध र हो–हल्ला गरेपछि केही समय वादविवाद भई एसएसबी भारततर्फ नै फर्किएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित