थारु डिहबार थान स्थापना र क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

काठमाडौँ। काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ यज्ञडोलमा थारु डिहबार थान स्थापना र क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम थारु कलाकार समाज नेपालको पहलमा भएको हो। २०८३ असार १ गते थारु समाजसँग सम्बन्धित व्यक्तिहरू , जनप्रतिनिधिहरु समेतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती पार्क स्मारक परिमार्जित गुरुयोजना तथा युनेस्को ग्राम यज्ञडोल सामुदायिक वनले उक्त थान निर्माण गर्न जग्गा उपलब्ध गराएको थारु कलाकार समाज नेपालका अध्यक्ष श्रवणकुमार चौधरीले बताउनु भयो। त्यस अवसरमा थारु जातिका संस्कृति र पहिचान झल्कने साँस्कृतिक कार्यक्रम पनि भएको यसै संस्थाका काठमाडौं उपत्यका कमिटीका अध्यक्ष घनश्याम चौधरीले बताउनु भयो । यसै संस्था सम्बद्ध रामकृष्ण चौधरी, अमर कुमार चौधरी र किशोर कुमार चौधरीले थारु कलाकार समाज नेपालले आगामी दिनमा थारुहरुको जातीय तथा साँस्कृतिक पहिचानलाई संरक्षण र विकास गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने आबश्यकतामा जोड दिनुभयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित