देशका कैयौं ठाउँमा पंच भेला बहिष्कार पंच बीच मारामार

श्री ५ को सरकारले ज नताले कर तिरेको रकम र राजस्वको ठूलो रकमको लगानी गरी केन्द्रबाटै सुविधा भोगी भेलाको आयोजना विभिन्न जिल्लामा राखी पंच एकताको नारा अलापे पनि पंचहरुबीच तनावपूर्ण स्थिति सिर्जना भएको छ । पंचहरु दुई पक्षमा विभाजित भई एक पक्षले आरोप प्रत्यारोप लगाउँदा कैयौं ठाउँमा झगडाको वातावरण उत्पन्न भयो । यसै क्रममा कतिपय जिल्लाहरुमा बहिष्कार भएको पाइयो । सत्तारुढ पक्षलाई कैयौं ठाउँमा प्रहरीले बचाएका र उनीहरुको संरक्षणमा भेला सम्पन्न भएको समाचार प्राप्त भएको छ ।
नुवाकोटको पंच भेलामा २८५ जना सहभागी मध्ये २२३ जनाले भेला बहिष्कार गरेर जुलु्स साथ आमसभामा परिणत भएको, माइक खोसेर सडकमा फालिएको र तीन चोटीसम्म सभा संचालन गर्ने प्रयास गर्दा असफल भएको समाचार छ भने अर्थमन्त्री माथि आक्रमण हुने स्थिति र कालो मोसो दल्ने कार्यक्रम भएको हुँदा प्रहरीको संरक्षणमा बसी राती तीन बजे भागेर काठमाडौं प्रहरी कै संरक्षणमा आएका थिए भनिन्छ । अर्थमन्त्री माथि भेलाले खेद प्रस्ताव पनि पारित ग¥यो ।
अर्थमन्त्रीको यो भन्दा ठूलो बेइज्जत अब हुँदैन भन्ने एकथरी छन् भने अर्कोथरी जनता “इज्जत नहुनेलाई बेइज्जतको के डर” भन्ने चर्चा गरेको पनि पाइयो । यसै क्रममा थानापती गा.पं. वडा नं. ७ का वडा अध्यक्ष श्री मोहन लाल पाण्डे र सोही गा.पं. का. ने.यु.सं. का प्रारम्भिक सभापति बच्चुराम थपलिया लगायत अन्य कति पंचले अर्थमन्त्री माथिको खेद प्रस्तावमा आफ्नो पूर्ण सहमति जनाई वक्तव्य पनि पठाउनु भयो ।
चितवन, ललितपुर, काठमाडौं र अन्य कतिपय जिल्लामा व्यापक विरोधहरु भए । भेलामा निकै आक्रोश पनि दुवै पक्षले देखाएका थिए । धनकुटामा थापा पक्षमाथि निकै विरोध भएको पनि समाचार प्राप्त भएको छ ।
यस वर्षको पंच भेलाले पंचायती व्यवस्थाको वर्गीय चरित्र र नांगो रुप जनमानसमा स्पष्ट देखिएको छ भने यो पंचहरु चकनाचुर भएको प्रमाण हो भनी राजनैतिक पर्यवेक्षकले दावी गरेका छन् ।

(नोटः प्रस्तुत समाचार हाँक साप्ताहिक, वर्ष १, अंक ३३, २०४१, जेष्ठ २४ गते, बुधबारबाट लिइएको हो ।)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित