महरा सक्रिय राजनीतिबाट बिदा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । २०८३ असार ४ गते एक प्रेस वक्तव्य जारी गर्दै महराले आफ्नो स्थिति सार्वजनिक गरेका हुन् । एट्रोफी रोगले मांसपेसी खुम्चिदै जाने, जतिसुकै थेरापी र शारीरिक व्यायाम तथा औषधि उपचार गरे पनि खासै सुधार नभएकोले आफूले सक्रिय राजनीतिबाट बिदा लिनुपरेको महराले वक्तव्यमा स्पष्ट गरेकाछन् । आफूले निराश भएर वा राजनीतिक पलायन भएर उक्त निर्णय लिएको नभएर आफ्नो स्वास्थ्यकै कारणले यस्तो निर्णय लिनुपरेको पनि वक्तव्यमा उल्लेख गरेका छन्। आफ्नो विगतको राजनीतिक जीवनलाई स्मरण गर्दै आगामी दिनमा पनि राष्ट्रिय स्वाधीनताको निम्ति र जनताको अधिकारको पक्षमा आफू अनवरत रुपमा उभिने बाचा गरेका छन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित