“राष्ट्रिय स्वाधिनतता र सुकुम्बासी समस्या ”विषयक विचारगोष्ठी सम्पन्न

काठमाण्डौ । केन्द्रीय संयुक्त संघर्ष समितिको आयोजनामा राष्ट्रिय स्वाधिनता र सुकुम्बासी समस्या विषयक अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल ,नेकपा बहुमतका महासचिव धर्मेन्द्र वासतोला, वैज्ञानिक कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल , नेकपाका अध्यक्ष ऋषि कट्टेलको सम्बोधन रहेको थियो । कार्यक्रममा वक्ताहरुले वर्तमा वालेन नेतृत्वको सरकारले राष्ट्रिय स्वाधिनताको रक्षाको विषयमा उदासिनता प्रकट गरेको बताउनु भयो । प्रधानमन्त्रीले नै नेपालले भारतीय भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिएर राष्ट्रियताको विषयलाई कमजोर बनाउने काम भएको बताउँदै प्रधानमन्त्रीको सो अभिव्यक्ति राष्ट्रियता ,नेपालको सार्वभौमिकताको विरुद्ध रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा सुकुम्बासीहरुलाई विस्थापन पारी होल्डिङ सेन्टरहरु राखी अत्यन्त गैरजिम्मेवार रुपमा प्रस्तुत भइरहेको बताउनु भयो । सुकुमबासीहरुको बासस्थानको व्यवस्था गर्न र भत्काइएका घर टहराको क्षतिपूर्ति प्रदान गरी दीर्घकालीन रुपमा सुकुम्बासी समस्या समाधान गर्न वक्ताहरुले माग गर्नु भयो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित