एसएसबीको प्रतिकार गर्ने सुस्ताबासीको कदम प्रति ऐक्यबद्धता

नवलपरासी -६ असार । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले भारत अतिक्रमित सुस्ता भुमिमै पुगेर एसएसबीको प्रतिकार गर्ने सुस्ताबासीको कदम प्रति ऐक्यबद्धता जनाएको छ । शनिबार पार्टीका स्थायी समिति सदस्य कृष्ण पौडेलको नेतृत्वमा सुस्ता पुगेको टोलीले सुस्ताबासीको आन्दोलन प्रति ऐक्यबद्धता जनाएको हो । सो टोलीमा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा, बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयलगायतले सुस्ता बचाउ आन्दोलनका उपाध्यक्ष आदम खाँलगायत संग भेटघाट एवं सीमा निरीक्षण गरेको थियो । टोली संग सुस्ताबासीले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिले भारतीयहरुको मनोबल वृद्धि भएको समेत बताएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित