क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेलले सुस्ताका जनता सित के भन्नु भयो?

 

रबि पाण्डेय , नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेलले सुस्ताका जनता सित सीमाका समस्या नयाँ जनवादी क्रान्तिबाट मात्र हल हुने बताउनुभएको छ । असार ६गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले सुस्ता भूमिका जनता सित प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम अन्तरगत पौडेलले सुस्ताका जनता सित सो कुरा बताउनुभएको हो । पौडेलले भन्नुभयो “ विद्यमान व्यवस्थामा जुन सुकै पार्टीको सरकार आए पनि सीमाको समस्या हल गर्न सक्दैनन् ।तराईका जनताको निरन्तर लडाईले नेपालको भूमि जोगाउने कार्यमा योगदान पुगेको छ । यदि हामीले सरकारमा मात्र भर परेकोभए नेपाल नै सिध्याई दिने थिए । ”

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले भारत अतिक्रमित सुस्ता भुमिमै पुगेर एसएसबीको प्रतिकार गर्ने सुस्ताबासीको कदम प्रति ऐक्यबद्धता एवं सीमा अवलोकन गरेको छ ।शनिबार टोली संग सुस्ताबासीले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिले भारतीयहरुको मनोबल वृद्धि भएको समेत बताएका थिए । सुस्ताबासीहरुले अहिले सम्म कुनै पनि प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति नदिएको भन्दै प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्ति प्रति आक्रोस व्यक्त गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित