सावर्णी मन्वतरको गुरुपूर्णिमा तथा गुरु सम्मान कार्यक्रम सम्पन्न

ईश्वरी थापा
ललितपुर । पर्वसमय सुधार राष्ट्रिय समाज नेपालद्वारा आयोजित सावर्णी मन्वतरको गुरु पूणर््िामा तथा गुरु सम्मान असार १५ गते ललितपुरको मंगलबजारस्थित पाटन दरवार स्क्वायरमा भव्य रुपमा सम्पन्न भएको छ ।
‘मन्वतर सुधार राष्ट्रिय अभियान सफल पारौं‘ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा ज्योतिष,धर्म,शिक्षा तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले पर्वसुधार,यसको धार्मिक,ऐतिहासिक तथा बैज्ञानिक आधारका विषयमा आ – आफ्ना धारणा राखेका थिए ।कार्यक्रममा आयोजक संस्थाले अभियानको औचित्य,संस्थाका गतिविधि तथा उदेश्यसम्बन्धि प्रचारात्मक सामग्री,क्यालेन्डर र जानकारीमूलक सामाग्री वितरण गरिएको थियो ।पर्वसमय सुधार राष्ट्रिय नेपालका अध्यक्ष प्राध्यापक जयन्त आचार्यको सभापतित्व तथा डा.मोहनप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ईन्जिनियर हरिनारायण मल्ल,प्राध्यापक डा.रामप्रसाद उपाध्याय,प्राध्यापक रत्नकमल बैद्य,प्राध्यापक डाक्टर सुन्दर कृष्ण जोशी ,सामाजिक अभियन्ता,समाजसेवी समाजमा पर्वसुधारमा आन्दोलनरत वर्ग लगायत वक्ताहरुले पर्वसमय सुधार अभियानको आवश्यकता,औचित्य र यसका विविध आयाम,महत्वमा प्रकाश पार्दै अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
महासचिव बलराम श्रेष्ठले सञ्चालन गरेको तथा कीर्तिकिरण जोशीले सहजीकरण गरेको कार्यक्रममा स्टार एक्सपे्रस साप्ताहिकका सम्पादक प्रवीण जोशी ,ज्योतिष,वैद्य सहित नारायण गीरी ,सुर्यप्रकाश जमरकटेल ,डा. कपिल अज्ञात ,प्रा.रामहरी दाहाल, शान्त प्रकाश श्रेष्ठ,प्रा.डा.श्री रामप्रसाद उपाध्याय,पुण्य प्रसाद पोखरेल ,भरत प्रसाद रिजाल,दिपक गैरे ,सुन्दर कृष्ण जोशी,सुदर्शन बस्न्यात लगायत विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी विशिष्ट व्यक्तित्वलाई गुरु सम्मान गरिएको थियो ।समारोहमा समाजका आजीवन तथा मानार्थ सदस्य ,पर्वसमय सुधार अभियानमा सक्रिय समाजसेवी,सञ्चारकर्मी ,बुध्दिजीवी,पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित