क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा आबद्ध

बाँके । नेकपा बहुमतमा आबद्ध नेपलागन्ज बाँकेका धनबहादुर वि.क. “सागर”ले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा आबद्ध भएको जानकारी गराउनु भएकोछ । २०८३ असार १८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले क्रान्तिकारी कम्युुनिस्ट पार्टी नेपालमा आबद्ध भएको र नेकपा बहुमतका कुनै पनि जिम्मेवारीमा नरहेको बताउनु भएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ–“नेपालको कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनको भुमरीमा फसेको छ । सच्चा कम्युनिस्ट क्रान्तिकारी चिन्तन र विचारमा खडेरी परेको देखिन्छ । यस सन्दर्भमा हामी तत्कालीन २ वर्ष अघि नेकपा बहुमत र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनाएका थियौं। यसै सन्दर्भमा पार्टीले महाधिवेशन÷सम्मेलनको मिति ठोस गरी काठमाडौंको किर्तिपुरमा राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनबाट क. धमेन्द्र बास्तोला ‘कन्चन’ एक मनावादी चिन्तन र अवसरवादी चिन्तनका कारण क्रान्तिकारी पार्टीलाई विभाजन र क्रान्तिकारी आन्दोलन र विचारलाई कमजोर पार्नुभयो । यस सन्दर्भमा हामी इमान्दार कार्यकर्ता पनि अलमलमा परियो । यसरी म पनि अलमलमा र दुविधामा परेकोले एकता, संघर्ष र रुपान्तरणको विधि र आत्मालोचनाको विधिले नै क्रान्तिकारी रुपान्तरण हुन्छ । त्यसकारण आत्मालोचित हुँदै अब देश, जनता र मालेमावादको आलोकमा क्रान्तिकारीहरुको सर्वाधिक लोकप्रिय पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा समाहित हुँदै नेकपा बहुमतका सबै जिम्मेवारीबाट नरहेको समेत यो प्रेस विज्ञप्तिी मार्फत सबैमा जानकारी गर्दछु ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित