दानबहादुर विश्वकर्माको निधन

काठमाडौं । वामपन्थी नेता दानबहादुर विश्वकर्माको निधन भएको छ ।विश्वकर्माको२०८३।३।२३ गते असामयिक निधन भएको छ ।विश्वकर्माको कैलाली जिल्ला, धनगढी –१३, बोराडाँडी निवासी हुनुहुन्थ्यो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको उपाध्यक्ष लगायतका पदमा रही विश्वकर्माले दलित आन्दोलनमा योगदान पुराउनुभएको थियो । विश्वकर्माको पछिल्लो खोजमुलक कृति “शिल्पी  समुदायको बृहत इतिहास” पढ्न लायक छ । सो पुस्तकले उहाँलाई सधैं सम्झाइ रहनेछ । राष्ट्रिय दलित आयोगको सदस्य समेत रही उहाँले काम गर्नु भएको थियो । दानबहादुर विश्वकर्मा पछिल्लो अवधिमा नेपाली कम्यूनिष्ट पार्टीमा आबद्ध हुनुहुन्थ्यो । २०५९ देखि २०६३ सम्म उहाँ नेकपा (एकताकेन्द्र –मसाल ) सम्बद्ध जनमोर्चा नेपालको केन्द्रीय नेता हुनुहुन्थ्यो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित