काठमाडौं । मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम विश्वव्यापी रूपमा अवरुद्ध भएका छन्। अमेरिकी समयअनुसार बिहान ३स्२५ बजेदेखि सुरु भएको यो समस्याले केही घण्टामै विश्वभरका लाखौँ प्रयोगकर्ता प्रभावित भएका छ।नेपालमा आइतबार दिउँसो साढे १ देखि कैयन प्रयोगकर्ताको फेसबुक खुलेको छैन । डेस्कटपबाट फेसबुक लगइन गर्दा खुलेको छैन भने कतिपयले एपबाट भने खुलेको बताएका छन् ।
सन् २०२१ मा मेटाका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झण्डै ६ घण्टाका लागि विश्वभर बन्द भएका थिए। त्यतिबेला कम्पनीले नेटवर्क पूर्वाधारमा भएको ुकन्फिगरेसन परिवर्तनका कारण समस्या आएको बताएको थियो।यसपटक फेसबुक चलाउन खोज्दा यस्तो मेसेज आउँछ –Account Temporarily Unavailable.Your account is currently unavailable due to a site issue. We expect this to be resolved shortly. Please try again in a few minutes.(खाता हाल उपलब्ध छैन। साइटमा देखिएको समस्याका कारण तपाईंको खाता अहिले उपलब्ध छैन। यो समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको छ। कृपया केही मिनेटपछि पुनः प्रयास गर्नुहोस्।) ‘केही मिनेट पछि पुनः प्रयास गर्नुहोस्’ भनिएको कैयौं घण्टा सम्म पनि फेस बुक र इन्स्टाग्राम चालुहुन सकेको छैन ।

