भारत । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य श्री श्यामबहादुर परियार तथा श्रीमती पार्वती परियारकी सुपुत्री सुश्री निखिता परियार र श्री चेतनबीच सन् २१ अक्टोबर २०२६ (वि.सं. २०८३ साल कात्तिक ४ गते) सम्पन्न शुभविवाहको सुखद अवसरमा नवदम्पतीलाई समाजका नेतृत्व पंक्तिले हार्दिक बधाई तथा सुखद दाम्पत्य जीवनको शुभकामना व्यक्त गरेका छन्। उक्त शुभविवाह समारोहमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव श्री रामसिंह बि.क., केन्द्रीय सदस्यहरू श्री धर्मराम बि.क., श्री शेरसिंह बि.क., श्री बोमबहादुर परियार, श्री भीमबहादुर परियारलगायतको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले नवदम्पतीलाई वैवाहिक जीवनको शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि, प्रेम, विश्वास र आपसी सद्भावले भरिपूर्ण जीवनको कामना गर्नुभयो। यसै अवसरमा अखिल भारत नेपाली एकता समाज, बेङ्गलोर दक्षिण नगर समितिको तर्फबाट नवदम्पतीलाई उपहार प्रदान गरी वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गरिएको थियो। विवाह केवल दुई व्यक्तिबीचको सम्बन्ध मात्र नभई दुई परिवारबीचको आत्मीयता, विश्वास र सम्बन्धको सुन्दर सेतु पनि हो। नवदम्पतीको जीवन सधैँ प्रेम, विश्वास, समझदारी र आपसी सम्मानले भरिपूर्ण रहोस्। जीवनका हरेक सुखदुःखमा एकअर्काको सहारा बन्दै सुखमय, सफल र उज्ज्वल भविष्य निर्माण गर्न सकून् भन्ने हार्दिक शुभकामना व्यक्त गरिएको थियो ।
Comments

