विमला श्रेष्ठ प्रति श्रद्धाञ्जली

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य शिव श्रेष्ठकी जीवन संगिनी तथा पार्टी सदस्य विमला श्रेष्ठको  अर्बुद रोगबाट पीडित भई २०८३ श्रावण ४ गते बिहान दुःखद निधन भएको हुँदा पार्टीका प्रवक्ता सुदर्शनले प्रेस–वक्तव्य जारी गरी विमला श्रेष्ठ प्रति श्रद्धा्ञ्जली व्यक्त गर्नु भएको छ । प्रेस–वक्तव्य :
“ हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य शिव श्रेष्ठकी जीवन संगिनी तथा पार्टी सदस्य क. विमला श्रेष्ठ अर्बुद रोगबाट पीडित हुनुहुन्थ्यो । आज २०८३ श्रावण ४ गते बिहान उहाँको दुःखद निधन भएको खबरले हामी मर्माहत भएका छौं । यस दुःखद घडिमा कृतिशेष कमरेड विमलाप्रति हार्दिक श्रद्धाञ्जली तथा उहाँका जीवनसाथी, एक छोरा तथा एक छोरी लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्न विशेष अनुरोध गर्दछौं । ”
बिमला श्रेष्ठको जन्म २०२६ माघ २५ गते सिन्धुपाल्चोकमा भएको थियो। बिमला श्रेष्ठका छोरा एक मुकेश श्रेष्ठ र छोरी ऋतु श्रेष्ठ हुनुहुन्छ । उहाँ चार महिनादेखि ब्रेन क्यान्सरको बिमारी हुनुहुन्थ्यो। बिमला श्रेष्ठले २०४८ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) सम्बद्ध सिन्धुपाल्चोक जिल्ला पार्टीको अखिल नेपाल महिला संघमा रहेर काम गर्नुभएको थियो। जनयुद्ध कालमा श्रेष्ठले जनयुद्धलाई सहयोग, समर्थन गर्ने र कतिपय अवस्थामा घरव्यवहार हेर्दै कार्यक्षेत्रमा गई काम गर्ने घरव्यवहार हेर्दै कार्यक्षेत्रमा गई काम गर्ने समेत गर्नुभएको थियो। श्रावण ५ गते बिमला श्रेष्ठको काठमाडौँ स्थित आर्यघाटमा दाह संस्कार गरिएको छ। दाहा संस्कार पूर्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट संक्षिप्त श्रद्धाञ्जली कार्यक्रमसमेत राखिएको थियो। कार्यक्रमको सञ्चालन अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठले गर्नुभएको थियो भने पार्टीको तर्फबाट बिमला श्रेष्ठको पार्थिव शरीर माथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले पार्टीको झण्डा ओडाई सम्मान प्रकट गर्नुभएको थियो। श्रद्धाञ्जली कार्यक्रममा पार्टीका स्थायी समिति सदस्यहरू रामसिंह श्रीस, हरिभक्त कँडेल, सीताराम तामाङ, पार्टीका नेता तथा कार्यकर्ताहरू र विभिन्न जनवर्गीय मोर्चाका नेतृत्व पंक्तिका व्यक्तित्वहरु र बिमला श्रेष्ठको परिवारसँग सम्बन्धित आफन्तजनहरुको उपस्थिति थियो ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित