“साम्राज्यवाद र आत्मसर्पणवाद विरुद्ध संयुक्त प्रतिरोध आन्दोलनको सवाल” विषयक विचार गोष्ठी सम्पन्न

काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको आयोजनामा “साम्राज्यवाद र आत्मसर्पणवाद विरुद्ध संयुक्त प्रतिरोध आन्दोलनको सवाल” विषयक विचार गोष्ठी सम्पन्न भएको छ । अनामनगरस्थित संवाद डवलीमा सम्पन्न कार्यक्रममा कार्यक्रमको अध्यक्षता मोर्चाका संयोजक सन्तबहादुर नेपालीको रहेको थियो भने अतिथिहरुमा कार्यपत्र प्रश्तोता नेकपा अध्यक्ष लोकनारायण सुवेदी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ श्रीस, नेकपा (माक्र्सवादी पुष्पलाल)का अध्यक्ष मानध्वज गरुङ, पराराष्ट्रविद हिरन्यलाल श्रेष्ठ ,अर्थराजनीतिज्ञ डा. डिल्लीराम खनाल, लोककृष्ण भटटराई ,डा.डिपी पौडेल रहनु भएको थियो । कार्यक्रममा वक्ताहरुले साम्राज्यवादको र आत्मसमर्पणवादको विरोधमा कम्युनिष्टहरु एक भएर लड्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा सहभागीहरुबाट सल्लाह तथा सुझाव राख्न अनुरोध गरिएको थियो । आएका सुझाव तथा जिज्ञासाहरुको स्पष्टीकरण कार्यपत्र प्रस्तोताले दिनु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित