अपत्य शर्मा
दक्षिण अफ्रिका पत्ता लगाउने पोर्चुगिज अन्वेषण बार्टोलोम्पु डियाज हुन् । उनले १४८८ मा अफ्रिकाको दक्षिणी कुना पत्ता लगाएका थिए । उनले त्यस ठाउँलाई केप अफ गुड होप भनेर नामाकरण गरे । अर्का पोर्चुगिज अन्वेषक भास्को डिगामा यही बाटो भएर भारत पुगेका थिए । यसैले द.अफ्रिकालाई यूरोप र एसिया जोड्ने मुख्य व्यापारी बाटो स्थापित ग¥यो । यूरोपियन डाकुहरु द. अफ्रिका प्रवेश नै द. अफ्रिकी जनताको क्रुर शोषण, उत्पीडन, दमन र दासताको कहर बन्यो । यी नरभक्षी राक्षसहरुको आगमन भन्दा पहिले अफ्रिकी जनजातिहरु खोइ सानमा बस्दथे । द. अफ्रिका अफ्रिकी महादेशको सबैभन्दा दक्षिणी भागमा अवस्थित छ । यसको क्षेत्रफल १२ लाख १९ हजार ६ सय दुई वर्ग किलोमिटर छ । द. अफ्रिकाको जनसंख्या ६,५४५३०८४ छ । यसको भौगोलिक बनोट कस्तो छ भने देशको मुख्य भागमा भित्री पठार छ । यसलाई भल्डस भनिन्छ । त्यस पठारलाई घेर्दै तटीय मैदानहरु र अग्ला पहाडहरु रहेका छन् । द. अफ्रिकाको जलवायु विविध छ । पूर्वी तटीय क्षेत्रमा उप–उष्ण कटिबन्ध हावापानी पाइन्छ, तर भित्री क्षेत्रमा अर्ध–सुक्खा जलवायु छ । द. अफ्रिकाका नदीहरुमा ओरेन्ज नदी र लिम्पोयो नदी पर्छन् । जहाँसम्म समुद्रसँगको सम्बन्ध छ कि छैन भन्नेमा यो देश समुद्री तटमा दक्षिण र पूर्वमा हिन्द महासागर र पश्चिममा आन्ध्र महासागर अटलान्टिक महासागर पर्छन् ।
द. अफ्रिका खनिज पदार्थहरुको ठूलो भण्डार भएको देश हो, जहाँ ५० प्रकारका खानीहरु उत्खनन गरिन्छन् । जसमा सुन, हीरा ल्याटिनम, रोडियम, प्यालेडियम आदि खनिज छन् । सुन र हीरा विश्व प्रसिद्ध छन् । यो खनिजहरुको करिव ८० प्रतिशत भन्दा बढी बुसभिल्ड कम्प्लेक्समा रहेका छन् र कोइरा द. अफ्रिकाको उर्जाको स्रोत हो । कोइला मपूमालंगा र लिम्पोयो प्रान्तहरुमा पाइन्छ । (स्टाटिस्टिक साउथ अफ्रिका )
रंगभेद अन्त्य भएपछि सरकारले अश्वेत नागरिकहरुको आर्थिक सहभागिता बढाउन (ब्लाइक इकोनोमिक इम्पावरमेन्ट) नीति लागु गरियो । त्यस नीति लागु गरे पनि वास्तविक रुपमा अपवादलाई छाडेर सम्पूर्ण बहुमूल्य खनिज पदार्थहरु श्वेत रंगभेदीहरुकै अधीनमा छन् । अर्को शब्दमा भन्दा अश्वेत मजदुर तथा गरिब किसानहरु गोराहरुकै पुँजीवादी दासतामा बाँधिएर शोषित, पीडित र दमित छन् । अपवादमा डा. प्याट्रिस मोत्सेपे चाहिं द. अफ्रिकाका सफल अश्वेत खानी व्यवसायी छन् । जसले अफ्रिकन रेन्बो मिनरल्सको स्थापना गरे र प्लाटिन, कोइला तथा फलाम खानीमा आफ्नो स्वामित्व स्थापित गरेका छन् ।
यूरोपेलीहरुले द. अफ्रिकालाई पहिले व्यापारिक मार्गको रुममा प्रयोग गरे । तर पछि त्यहाँको अथाह प्राकृतिक स्रोत हीरा र सुनमा कब्जा गरी शासन शुरु गरे । यसको मुख्य कारण डच र बेलायतीहरुको बीचको उपनिवेश र स्थानीय नागरिक माथिको दमन थियो । डचहरु १६५२ मा आए । १७ औं शताब्दीको प्रारम्भमा यूरोपेली देशहरु (बेलायत र नेदरल्याण्ड) भारत र एसियासँग व्यापार गर्न समुद्री बाटो प्रयोग गर्थे । त्यसबेला जहाजहरुलाई लामो यात्रा गर्दा खाने कुरा भण्डारण गर्न ठाउँको आवश्यकता थियो । त्यसैले १६५२ मा डच इस्ट इण्डिया कम्पनीले डच नागरिक जान भान रिबेकको नेतृत्वमा केप अफ गुड होपमा एउटा सानो बस्ती बसाए । त्यहाँ डच व्यापारीहरु खेती गर्न थाले र आफैलाई बुअर्स अर्थात् किसान भन्न थाले । उनीहरुले स्थानीय खोइ खोइ र सान जस्ता आदिवासी जनजातिहरुलाई आफ्नो भूमिबाट लखेटे र उनीहरुको जमीन कब्जा गरे । डच र अन्य यूरोपेली, जर्मन र फ्रेन्च आप्रवासीहरु मिलेर एउटा नयाँ गोरा समुदाय बनाए, जसलाई अफ्रिकानेर्स भनिन्छ (क्याम्ब्रिज युनिभरसिटी) त्यसपछि १८ औं शताब्दीको अन्त्य र १९ औं शताब्दीको सुरुतिर बेलायतले समुद्री मार्गमा आफ्नो नियन्त्रण जमाउन नेदरल्याण्डसलाई हराएर केप कोलोनी कब्जा ग¥यो । यसपछि यूरोपेली बस्ती झन तीब्र रुपमा फैलियो (द. अफ्रिकामा यूरोपेली शासनको कायापलट १८६७ मा किम्बरले हीरा र १८८६ मा विटवाटर स्ट्रान्डमा सुनको विशाल खानी भेटियो । यो खबर फैलिए पछि विश्वभरका यूरोपेलीहरु धन कमाउने आशमा द. अफ्रिकामा ओइरिए । यसले द. अफ्रिकालाई रातारात धनी बनायो । तर यसको लाभ स्थानीय अश्वेत जातिलाई भएन ।
खानीहरुको विशाल सम्पत्तिमाथि अधिकार जमाउन दुई यूरोपेली मुलुक बेलायत र डच मूलका बुअर्स आपसमा लडे यो लडाइँमा बेलायत विजयी भयो । बेलायतले बुअर्स आपसमा लडे । बेलायतले बुअर्स राज्यहरु ट्रान्सभाल र ओरेन्ज फ्रि स्टेट कब्जा गरे । तर पछि अश्वेत जनसंख्यामाथि नियन्त्रण गर्न बुअर्सहरुसँग सम्झौता गरे । १९१० मा बेलायतले युनियन अफ साउथ अफ्रिका गठन ग¥यो र शासनको अधिकार गोराहरुलाई मात्र दिइयो । सन् १९४८ मा अफ्रिकानेर (डचमूलका) पार्टीले सत्ता समालेपछि (अपार्थइट) रंगभेद नीति लागु ग¥यो । त्यस नीति अनुसार अश्वेत जातिहरुलाई सहरको मुख्य भागमा बस्न प्रतिबन्ध लगाइयो र ज्यादै न्यून सुविधा भएका बान्टस्टान वा टाउनसिवहरुमा लखेटिए । यतिमा मात्र सीमित नभएर उद्योग, खानी र नागरिकताबाट वञ्चित गर्नु अश्वेतहरुलाई दैनिक ज्यादै न्यून ज्याला र तलबमा काममा लगाएर चरम शोषण उत्पीडन गरे । यी असभ्य बर्बर क्रुर जातिवादी गोराहरुले सम्पूर्ण द. अफ्रिकाको धन सम्पत्तिमाथि कब्जा जमाएर वर्षौंंसम्म शासन गरे ।
द. अफ्रिकामा गोराहरुको रंगभेदी शासनबारे संक्षेपमा हार्स सियालिटी अफ लाइफ अन्डर आपार्थराइड इन साउथ अफ्रिका भन्ने पुस्तकमा उल्लेख भएका मुख्य बुंदाहरु बारे चर्चा गरौं ः
(१) पास.कानुन अनुसार अश्वेत नागरिकहरुलाई स्वतन्त्र रुपमा हिंडडुल गर्न प्रतिबन्ध लगाइएको थियो । उनीहरुले सधै पासबुक नामक परिचयपत्र बोक्नु पथ्र्यो । त्यो नदेखाए तत्काल जेल वा यातना दिइन्थ्यो ।
(२) गोराहरुले ८६ प्रतिशत भूमिमा आफ्नो नियन्त्रण कायम गरेको थियो र अश्वेत जातिलाई बाँझो तथा साँघुरो क्षेत्रमा बस्न बाध्य बनाएको थियो । जसलाई होमल्याण्ड (बान टुस्टानस) भनिन्थ्यो ।
(३) अश्वेत र गोरा मानिसका बीचमा विवाह वा यौन सम्बन्ध राख्नु गैर कानुनी घोषित गरिएको थियो ।
(४) अस्पताल, स्कूल, कलेज, समुद्र तट, सार्वजनिक शौचालय र यातायातका साधनहरु पनि अश्वेतका लागि अलग गरिएका थिए । अश्वेत जातिका लागि अत्यन्त न्यून गुणस्तरका सुविधाहरु छुट्याइएका थिए ।
(५) बान्टु शिक्षा ऐन अन्तर्गत अश्वेत बालबालिकाका लागि गोरा मानिसको अधिनमा मजदुर बनाउने उद्देश्यले कम गुणस्तरका कमजोर र सीमित शिक्षा दिइन्थ्यो ।
६) अश्वेत जातिलाई मतदान गर्ने अधिकारै थिएन र शान्तिपूर्ण आन्दोलन गर्ने वा रंगभेदको विरोध गर्ने नेताहरुलाई विना सुनुवाई वर्षौंसम्म जेलमा राखिन्थ्यो र राज्यको सुरक्षा फौजले सयौं प्रदर्शनकारीहरुको हत्या गरेको थियो । अर्को शब्दमा भन्ने हो अश्वेत जातिले आप्mनै देशमा नै दास जस्तो जीवन बिताउनु परेको थियो ।
द. अफ्रिकामा रंगभेदी शासनको ऐतिहासिक विवरण ः
रंगभेद (अपार्थइड) को नीति औपचारिक रुपमा स्न १९४८ को महिनाबाट शुरु भएको थियो । त्यस वर्ष भएको आम निर्वाचनमा नेशनल पार्टी विजयी भएपछि भएको हो । अफ्रिकी भाषामा अपार्थाइडको अर्थ छुट्टै बस्नु हुन्छ । यस प्रणालीले देशका मानिसहरुलाई जातीय आधारमा विभाजन गरेर श्वेत अल्पसंख्यकहरुलाई पूर्णशक्ति र अधिकार दियो (साउथ अफ्रिकन हिस्टोरीन +२)
(१) श्वेत रंगभेदवादी शासनले अश्वेत जातिलाई भूमिबाट बञ्चित गर्ने जस्ता कानुनहरु सन् १९१३ को लाइन्ड आइक्टदेखि नै लागु हुन थालेको थियो । तर १९४८ पछि यसलाई कानुनी रुपमै कडा र व्यवस्थित बनाइयो ।
२) जातीय वर्गीकरण (सन् १९५०) अनुसार जनसंख्या दर्ता ऐन अन्तर्गत प्रत्येक नागरिकलाई जन्मजात नै एक जातिमा वर्गीकरण गरियो (क) गोरा (ख) अश्वेत ।
३) रंगीन अर्थात् मिश्रित जातिका मानिसहरुमा भारतीय तथा एसिएनहरुलाई वर्गीकरण गरिए ।
(४) आवास र भूमिमा विभाजन ः ग्रुप एरिचाज आएक्ट १९५० अनुसार विभिन्न जातिका मानिसहरु कहाँ बस्न पाउने भनेर स्पष्ट रुपमा छुट्याइयो र अश्वेतहरुलाई सहरका सान क्षेत्रहरु (टाउनसिया वा राज्यद्वारा निर्मित होमल्यान्डस) मातृभूमिमा बस्न बाध्य पारियो । अश्वेतहरुले आफू खुशी जग्गा किन्न र बेच्न पनि पाउँदैनथे ।
अफ्रिकन नेशनल कांग्रेस पार्टीको नेतृत्वमा नेल्सन मण्डेला लगायत नेताहरुले आजीवन संघर्ष गरे । शान्तिपूर्ण आन्दोलनहरुलाई जातिवादी सत्ताले निर्ममतापूर्वक दमन ग¥यो । यसको ज्वलन्त उदाहरण सन् १९६० को मार्च २१ मा सार्पभिल नरसंहारमा थोरैमा पनि ९१ जना मारिए र २८१ घाइते भए । यो पास लकको विरुद्ध भएको अश्वेत संघर्ष हो । त्यो नरसंहार गोराहरुको राक्षसी कालो ऐतिहासिक दिन हो । आन्दोलनको आह्वान प्यान–अफ्रिकानिस्ट कांग्रेस(पिएसी) ले गरेको थियो । र हजारौं अश्वेत अफ्रिकीहरु काला जातिको स्वतन्त्रताका लागि शान्तिपूर्ण प्रदर्शन गर्दै सार्पभिल प्रहरी चौकी अगाडि भेला भएका थिए । उनीहरु पास कानुनको विरोध गर्न र आप्mनो गिरफ्तारी दिन जम्मा भएका थिए । पास कानुनले अश्वेतहरुलाई आफ्नै देशमा स्वतन्त्र रुपमा हिंडडुल गर्न प्रतिबन्ध लगाइएको थियो । प्रदर्शनमा झण्डै ५००० देखि ७००० मानिसहरु सहभागी थिए । शान्तिपूर्ण भेला भएका अश्वेत नागरिकहरुमाथि रंगभेदी सरकारको प्रहरीले कुनै चेतावनीविना नै अन्धाधुन्ध गोली चलाएको थियो । करिब १२ मिनेटसम्म चलेको उक्त गोली काण्डको संयुक्त राष्ट्र संघले रंगभेदको चर्को विरोध ग¥यो र २१ मार्चलाई जातीय भेदभाव उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थाल्यो । त्यस घटनाले गर्दा शान्तिपूर्ण आन्दोलनबाट कुनै परिवर्तन नआउने निष्कर्ष निकाल्दै नेल्सन मण्डेला लगायत नेताहरुले सशस्त्र संघर्षको बाटो रोज्य बाध्य भएका थिए ।
द. अफ्रिकन कम्युनिस्ट पार्टी (एसएसिपी) को स्थापना सन् १९२१ मा कम्युनिस्ट पार्टी अफ साउथ अफ्रिका (सिपिएसए) को रुपमा भएको थियो । यो अफ्रिका महादेशको दोस्रो सबै भन्दा पुरानो राजनीतिक पार्टी हो । यस पार्टीको इतिहास र विकासलाई निम्न चरणमा जान्न सकिन्छ । (कांग्रेस अफ साउथ अफ्रिका +३)
प्रारम्भमा पार्टीको नेतृत्व पूर्णतयाः श्वेत वर्णका मजदुरहरुमा केन्द्रित थियो र यसको मूल आधार पनि श्वेत मजदुरहरु नै थिए । तर सन् १९२४–२५ पछि पार्टीले आफ्नो ध्यान अश्वेत अफ्रिकी मजदुरहरुलाई पनि संगठित गर्नमा केन्द्रित ग¥यो । कम्युनिस्ट इन्टरनेशनल (कोमिनटर्न ) को निर्देशनमा सन् १९२८ मा पार्टीले स्वतन्त्र नेटिभ रिपब्लिक (इन्डिपेन्डेन्ट नेटिभ रिपब्लिक) को नारा अघि सा¥यो, जसले गर्दा पार्टीमा अश्वेत सदस्यहरुको संख्या र प्रभाव बढ्न थाल्यो । १९५०–१९६० दशकमा प्रतिबन्धित भएर भूमिगत संघर्ष ग¥यो । कम्युनिस्टहरुको प्रभावबाट डराएर सरकारले सन् १९५० मा (सप्रेसन अफ कम्युनिजम एक्ट) कम्युनिस्टहरुलाई दबाउने कानुन पास ग¥यो र कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगायो । (कांग्रेस अफ साउथ अफ्रिका +३) गिरफ्तारी र दमनबाट जोगिन नेतृत्वले सन् १९५० मा पार्टी विघटन ग¥यो । तर सन् १९५३ कपालाई गोप्य रुपमा पुनर्गठन गरी साउथ अफ्रिकन कम्युनिस्ट पार्टी (एसएसिपि) को नाम राखियो । सन् १९६० मा अफ्रिकी नेशनल कांग्रेस (एएनसि) लाई पनि प्रतिबन्ध लगाइयो । यसपछि (एसएसिपि) र एएनसिको संयुक्त नेतृत्वमा “उमर वोन्टो वे सिज्वे” नाम गरेको सशस्त्र भूमिगत संगठनको स्थापना गरियो । जो स्लोभो, क्रिसहानी र रुसथ फस्र्ट जस्ता एसएसिपिका नेताहरु यस सशस्त्र संघर्षका प्रमुख योजनाकार थिए । सोभियत संघको विघटन र अन्तर्राष्ट्रिय दबाबका कारण सन् १९९० मा सरकारले एसएसिपिमाथिको प्रतिबन्ध हटायो र नेल्सन मण्डेला रिहा भए । सन् १९९० देखि २०२० को दशक त्रिपक्षीय गठबन्धन एसएसिपि, एएसिर सिओएसएटियु (टे«ड युनियन महासंघ) बीच गठबन्धन बन्यो ।
पछिल्ला दशकहरुमा एसएपिपि र एएनसीको गठबन्धनमा मतभेद र तनावहरु चुलिंदै गएका छन्, किनभने एएनसि पुँजीवादतर्फ प्रतिबद्ध छ र भ्रष्टाचारका विरुद्ध निरन्तर संघर्ष गर्दै सर्वहारा वर्गको पक्षमा संघर्ष गर्दै आएको छ । नेल्सन मण्डेलाका साथसाथै रंगभेद विरोधी संघर्ष गरेका दक्षिण अफ्रिकान कम्युनिस्ट पार्टीका जनरल सेक्रेटरी क्रिसहानीको १० अप्रिल १९९३ मा जानुस वालुस नाम गरेको दक्षिणपन्थी पोलिस आप्रवासीले गोली हानेर हत्या ग¥यो । त्यस हत्याको मुख्य उद्देश्य द. अफ्रिकालाई रंगभेदबाट लोकतन्त्रतर्फ जानबाट रोक्न र गृहयुद्ध भड्काउनु थियो । त्यस दिन जब क्रिसहानी जोहान्सवर्ग नजिकैको बोक्सवर्गस्थित आफ्नो घर बाहिर पत्रपत्रिका लिन जाँदै थिए । तव हत्यारा बालुसले नजिकैबाट चार गोली हान्यो र क्रिसहानीको तत्काल मृत्यु भयो । त्यस हत्याका योजनाकार र पिस्तोल उपलब्ध गराउने द. अफ्रिकी कन्जर्भेटिभ पार्टीका नेता क्लाइभडर्बी लेबिस थिए । दुवै जनालाई अदालतले आजीवन कैद सजाय सुनाएको थियो । यो घटनाले रंगभेदको अन्त्यतिर पुगेका द. अफ्रिकालाई करिब गृहयुद्धको नजिक पु¥याएको थियो । हानीको हत्याका विरुद्ध आक्रोशित भीडले गरेको विरोध प्रदर्शन र झडपहरुमा देशभर करिब ८० जनाको ज्यान गयो । नेल्सन मण्डेलाले हत्याको विरोध र शान्तिको अपिलले दुवै पक्षलाई वार्ताका लागि दबाब दियो र २६ र २९ अप्रिल १९९४ मा देशको पहिलो बहुजातीय प्रजातान्त्रिक निर्वाचन भयो ।
करिव ३० वर्ष जेल सजाय काटेपछि संवैधानिक अदालतले हत्यारा बालुसलाई जेल मुक्त ग¥यो । यो निर्णयको एसएसिपि र हानीको परिवारले कडा विरोध गरेपछि २०२४ मा हत्यारालाइ पोल्याण्ड देश निकाला ग¥यो ।
रंगभेदको अन्त्यका लागि मण्डेलाले २७ वर्ष जेल जीवन बिताएर द. अफ्रिकालाई अश्वेतहरुको हातमा सत्ता ल्याए पनि शान्तिपूर्ण मेलमिलापको नीति लिएकाले पहिलेका क्रुर श्वेत जातिवादी क्लार्क र बोथाले गरेका जघन्य अपराधका लागि दण्डित गरिएन । अपार धन सम्पत्तिका मालिक गोरा नै यथावत छन् भने अश्वेत जनता उनीहरुको पुँजीवादी दासता, शोषण, उत्पीडन र दमनको शिकार भइरहेछन् । अपार धन सम्पत्तिका मालिक द. अफ्रिकी जनता चरम गरिबीले ग्रस्त छन् । त्यहाँ बेरोजगारी दर ३३ प्रतिशत छ भने युवा बेरोजगारी दर झन् डरलाग्दो रुपमा ४६ प्रतिशत भन्दा माथि रहेको अनुमान छ । यसले गर्दा गरिबी र असमानताको खाडल दिनप्रतिदिन चौडा हुँदै छ । समाजमा हिंसात्मक अपराध, डकैती र असुरक्षाको दर उच्च छ । द. अफ्रिकामा बढ्दो बेरोजगारी र गरिबीका कारण स्थानीय जनता अफ्रिकी मुलुकका आप्रवासीहरु बीच गम्भीर तनाव उत्पन्न भएको छ । रोजगारी र अवसरहरु खोसिएका भन्दै आप्रवासीहरुलाई लक्षित प्रदर्शन र हिंसाका घटनाहरु भइरहेका छन्, जसको परिणाम सामाजिक सद्भाव खलबलिएका छन् ।
अन्तमा मुलुकमा अपार धन सम्पत्ति भए पनि गरिबी बेरोजगारीले ग्रस्त हुनु मुख्य कारण पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थामा सम्पूर्ण उत्पादनका साधनहरुमाथि मुठीभर धनाढ्यको अधिकार हुनु हो । अश्वेतको शासनसत्ता भए पनि पुँजीवादी सत्ता भएकाले पुँजीवादी वर्ग त्यसमा पनि द. अफ्रिकाको विशिष्ट परिप्रेक्ष्यमा सम्पूर्ण राम्रा उब्जाउ जमिन तथा बहुमुल्य खनिज सबै गोराकै अधिन भएकाले अश्वेतहरु गरिबी, दासता र अपमानको पीडा भोग्न बाध्य छन् । द. अफ्रिकामा करिब ४.५ मिलियन द. अफ्रिकी गोरा छन् । उनीहरुमा डच, जर्मन र फ्रेन्च छन् जो धनी र सम्पन्न छन् । अश्वेत अफ्रिकी नागरिक ६० प्रतिशत भन्दा बढी गरिबीको रेखामुनि छन् ।
सम्पूर्ण आर्थिक मेरुदण्ड अझै गोराहरुको अधीनमा भएकाले अफ्रिकी जनता अझै श्वेत रंगभेदी जुवामुनि छन् । नेल्सन मण्डेलाले शान्तिपूर्ण मेलमिलापको नाममा श्वेत आधिपत्य यथावत कायम भयो । श्वेत सत्ताले अश्वेतहरुलाई गुणस्तरीय शिक्षाबाट बञ्चित गर्नु र अहिले पनि विद्यालयका कमजोर पूर्वाधार र सीप विकास तालिमको अभावले उनीहरु उच्च आय भएका प्राविधिक कामबाट वञ्चित छन् । श्वेत सत्ताले अश्वेतहरुलाई मुख्य सहरहरुबाट टाढा काठ (टाउनसिय) वस्तीहरुमा राखे, जसले गर्दा आज पनि काममा पुग्न दैनिक घण्टौं लाग्ने र महंगा सार्वजनिक यातायातमा भाडा तिर्नुपर्ने बाध्यताले उनीहरुको तलव ज्यालाको ठूलो हिस्सा यातायातमै सकिन्छ । उत्पीडन र विभेद यस्तो छ कि कार्यस्थलमा अझै पनि संरचनात्मक विभेद यथावत छन् जसले गर्दा उनीहरुलाई समान कामको समान ज्याला नपाउने र राम्रो पदमा बढुवा नहुने समस्या छ । द. अफ्रिकी अश्वेत उद्योगी व्यवसायीका लागि स्वामित्व र पुँजीको अभावले गर्दा उद्यमशीलता वा व्यवसाय प्रारम्भ गर्न नै ठूलो संघर्ष गर्नुपर्छ । यति लामो विवरणले के प्रष्ट हुन्छ भने शताब्दीयौं वा दशकौंसम्म जे जस्ता बलिदान गरेर पूँजीवादी प्रजातान्त्रिक व्यवस्था ल्याए पनि गरिब, किसान तथा मजदुर वर्ग शोषित, उत्पीडित, दमित, अपमानित र पुँजीवादी दासताबाट मुक्त हुन सक्दैनन् । जबसम्म पुँजीवादी आर्थिक आधारको ठाउँमा सर्वहारावादी आर्थिक आधार कायम गरिंदैन । यस कारण सर्वहारा वर्ग तथा आम जनताको मुक्तिको बाटो भनेको माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा हो ।
रंगभेदी फासिष्ट सत्ता विरुद्ध दक्षिण अफ्रिकी जनताको संघर्ष र वर्तमान अवस्था
Comments

