श्रमशक्तिको समस्या र समाधान

कृष्णभक्त महर्जन
पृथ्वीमा सय अरब मानिसलार्इ खान,लाउन र मोजमस्ती गर्न पुग्ने सम्पत्ति प्रकृतिले दिएको छ तर सबैलाइ बराबर गर्नु पर्छ ।
क. मार्क्स
सभ्यता समाजको विकासका यस्तो अवस्था हो जसको श्रमदानले उत्पादन वस्तुको विनिमय र श्रमशक्तिले वस्तुको उत्पादन पुर्ण विकास हुन्छ र समाजमा क्रान्तिकारी परिवर्तन हुन्छ ।
क. एगेल्स
मानिसहरु जन्मिदा खाने मुख मात्र लिएर आएको हुदैन चिन्ता गर्ने मस्तिष्क र काम गर्ने हातखुट्टा पनि लिएर जन्मेको हुन्छ ।
क.माओ
आज भन्दा १३,१४ अरब वर्ष पहिले व्रम्हाण्डको उत्पति भयो ,त्यसको ५,६ अरब वर्ष पछि सुर्यको उत्पति भयो र त्यसको ४,५ अरब वर्ष पछि पृथ्वीको उत्पति भयो । त्यसकी ४०,५० हजार वर्ष पछि मानिसको शारीरिक बनावट र वाहय रुप आधुनिक मानव सग मिल्दो जुल्दो भयो त्यसैको विकसित रुप मानव समाज बन्यो । मानव समाजको विकास क्रम सगसगै श्रममा जोडिने भए अनि भाषा सिके सगै मस्तिष्क पनि विकास भए । यस्तै शिलशिलाबद्ध विकासमा सबभन्दा पहिले हतियारको रुपमा धनुषको अविष्कार गरि सिकार खेल्न थाले । विस्यारै बिस्तारै हरेक चिजमा पोख्त भि ८–९ हजार वर्ष अधि नै प्रारम्भिक खेती तथा पशुपालनको शुरुवाट भएको मानव विकासको क्रममा देखिन्छ ।
पृथ्वीको सम्पत्ति पुजिवादी सकटको
कारण पृथ्वीको आयु घटेर १० हजार वर्षमा झरेको छ । त्यही प्रकृतिको सम्पतिमा सय प्रतिशत मानिसमा ८५ प्रतिशत हुनेखानेको
हालिमुहाली छ र गरिखानेकोमा १५ प्रतिशत मात्र छ । यहि अनुसार विश्वको तथ्याक अनुसार ८० करोड जनताले २४ घण्टामा एक छाक मात्र खान पाउछ र २० करोड जनता भोकभोकै सुत्नु परेको स्थिति छ ।
कुनै पनि वस्तुगत विकासको क्रमहरुमा अन्तर विरोधिहरु सघर्षहरुले भरिएको हुन्छ । त्यसैले मानव ज्ञानको गतिमा पनि यस्तै हुन्छ वस्तुगत ससारको सवै द्वन्द्वत्मक गतिहरु चाडो वा ढिलो मानव ज्ञानमा प्रतिविम्व हुन्छ । विश्व लार्इ फेर्ने अभिभारा इतिहासले भुइ मान्छे तथा सर्वहाराको काधमा छ१ त्यो काम व्यवहारको क्रम ज्ञानिक ज्ञान अनुसार गर्न सकिन्छ । मनोगत ज्ञान र वस्तुगत ज्ञान दुवैलार्इ फेर्न क्रान्तिकारी व्यवहारमा सकृय गराउन व्यहार, ज्ञान फेरि व्यवहार र ज्ञान रुपले फनको मारी रहन्छ । ज्ञान र ज्ञानको विषयमा वस्तु झन झन उच्च तहमा चढछ त्यसैले ज्ञान भनेको विज्ञान कुरो हो र यसमा बेइमानी अथवा घमण्ड कुनै पनि हुनु हुदैन्न ,इमान्दारिता र नम्रता हुनुपर्छ ।
विश्वमा माम्व द्वेषी सिद्धान्त , प्रबृत्ति र व्यवहारको रुपमा कृयाशिल छ ।आफ्नो स्वच्छा र स्वतन्त्रपुर्वक बाच्ने , काम गर्ने अधिकार सबैलाइ छ । श्रम शक्तिका किसान पनि यहि समाजका एक अङ हो । मान समाजमा आफ्नो जीवन धान्न श्रम गर्छन र खर्छ पनि हुन्छ त्यस बेला श्रम , श्रम गर्ने ठाउँ
धेरै थिएन र एक दिन काम गरेर चार दिनलाइ मात्र खान पुग्छ ।यसरी किन भयो भन्दा आफ्नो निर्वाह मुखी टुक्रे उत्पादन प्रणालीमा
रमाउने र व्यक्तिगत उत्पादन सम्बन्ध र व्यक्तिगत उपभोगमा रमाउने प्रवृत्तिले हो । यस्तो प्रवृत्तिहरु पिच्छडिएको सामन्ती प्रणाली
को जर्जर प्रतिविम्व हो ।यस्तो प्रतिविम्वलाइ बदल्न सर्व प्रथम नमुना योग्य उत्पादन प्रणाली अपनाइ श्रम शक्तिहरुलाइ एकतृत गरि एकाइहरु गठन गर्नु पर्छ र टुक्रे जमिनलाइ पनि एकीकृत गरि चकलाबन्दी बनाइ सामुहिक कृषि प्रणालिमा लानु पर्छ । यस्तो गरियो भने श्रम शक्तिको पनि राम्रो बचत हुन्छ
र थप उत्पान्दनमा उच्छ उत्पादन हुन्छ । यसरी क्रमस विकासको क्रम पनि क्रमस विकास हुँदै गए पछि प्राविधिकहरु पनि थप हासिल हुन्छ त्यसैलार्इ समय तालिका मिलाउन पनि सकिन्छ र साथै बजार प्रणाली निर्धारण गर्न सछ्यम हुन्छ । यसबाट देश र जनता प्रती जिम्मेवार राज्य प्रणाली स्थापना तथा स्थापित गर्ने प्रश्नको समाधान अनिवार्य शर्त हुन्छ ।
यहि शर्त बमोजिम राज्यभित्र विद्यमान भुमी प्रणाली वैज्ञानिक प्राणाली अनुसार गर्न प्राविधिक प्राविधिकहरु राम्ररी तयार पारी दछ्य अनुसार जिम्मेवारी दिई काम गराउनु पर्छ । यस्तो गरियो भने किसानहरुले बढी से बढी वस्तुको उत्पादन बढाउन सक्छ तथा आधारभुत रुपले प्रभाव पार्दछ ।
सर्वहारा श्रमजीवि जनतालार्इ सामन्ती दासताको बन्धनबाट मुक्त गर्न सामाजिक क्रान्ति तथा कृषि क्रान्ति विना कुनै पनि क्रान्ति सफल हुदैन । त्यसैले सामाजिक र कृषि क्रान्ति गर्न आवश्यक छ । जहाँ जहाँ किसान आन्दोलन भएन त्यहाँ त्यहाँ किसानहरुको दिन दशा बिग्रेको छ । किन बिग्रेको छ भन्दा कृषि गर्ने तरिका असाध्य परम्परागत र व्यक्तिगत निर्वाह किसिमको छ । विश्वको हरेक जसो देशमा भएको विकास मुखि र वैज्ञानिक मुखि देखिन्छ तर नेपालमा कोसानको चरित्र , कृषि प्राणाली , भूमी प्रणाली र उत्पादन प्राणाली उहीँ परम्परागत शैली नै छ । नेपाल एउटा कृषि प्रधान देश भए पनि देशको भूमि प्राणाली के के र कस्तो छ भन्दा निम्न अनुसार छ जस्तै ः
१. रैकर ः तिरो तिर्ने
२. गुठी ःसमाजिक कार्य सचालन गर्ने , यो पनि २० प्रकारको छ
३. किपट ः लिन्बु समुदायको हो
४. विर्ता ः वफादार रुपले लडनेलार्इ दिइने
५. जागिरे ःकर्मचारी लाई दिने
६. राज्य भूमिव्यवस्था ः राज्य र जग्गा वालाको मध्यस्थताको
७. जमिन्दारी ः जमिन्दारले तिरो दिने
८. उखाड ःकैदको नाममा दर्ता नभएको
नेपालमा यसरी ८ प्रकारका भूमि प्रणाली अपनाए पनि सहि तरिकाबाट सदुपयोग र स्थान सापेक्ष गरेता पनि सामन्ती दासतामा नै सदुप्रयोग छ ।भूिमको साथसाथै किसानहरुको पनि वर्गिकरण गरिएको छ जस्तै ः
१. धनी किसानःउत्पादित वस्तु बिक्री गर्ने
२. मध्यम किसान ः आफै श्रमबाट गुजारा गर्ने
३. निम्न मध्यम किसान ः आफनै श्रमबाट खान पुग्ने
४. निअन तथा अर्धसर्वहराः वर्षभरि खान नपुग्ने
५.सर्वहारा तथा सुकुम्वासी ः एक टुक्क्रा पनि नभएको

किसानहरुलाइ ५ भागमा वर्गिकरण गरिएता पनि सबै किसानहरुको हकहितको निम्ति फरक फरक दृष्टिकोणमा फरक फरक मुल दिशाहरुले जड गाडेको छ । यी सबका कारण विद्यमान राजनैतिक प्रवृत्तिले नै भएको हो । यी प्रवृत्तिहरु सामन्ती र विदेशी दलालहरुको नाइकेका ढुल मुल नीतिले भूमी प्रणाली र किसानको वर्गिकरणमा रुपान्तरण गर्न सकेन गर्न चाहेको पनि देखिदैन ।
नेपालको मुख्य श्रम क्षेत्र कृषि नै हो ।
दुई दशक अघिसम्म नेपालको दुई तिहाइ जनसंख्या कृषि पेशामै संलग्न भए पनि अहिले यो अवस्थामा पुरै परिवर्तन भएको देखिन्छ । परम्परागत पेशा र जीविकोपार्जनको लागि कृषिलाई नै मुख्य पेशा बनाएर श्रम गर्नेहरुको संख्या निरन्तर घटिरहेको छ । देशमा हरेक वर्ष श्रम शक्ति थपिदै गएको भए पनि रोजगारीका क्षेत्रहरु त्यहि अनुपातमा वृद्धि र विकसित हुन नसक्दा देशमा बेरोजगारी दर बढिरहेको हुदा नेपाली किसानहरुको ए किसान आन्दोलनलाई गुणात्मक रुपले विकास गर्न किसान आन्दोलनलार्इ वर्गीय आन्दोलनमा जोडनु पर्छ । वर्गीय आन्दोलन नै
कृषि क्रान्ति हो यहि क्रान्तिले सामन्ती शोषण र नवउपनिवेशिक शोषणको साङलोलार्इ चुडाल्न सकिन्छ । यसको लागि किसानहरुले अभूतपूर्व कुशलता, नेतृत्वदायी क्षमता र देशभक्तिले मात्र रक्षा गर्ने होइन , संसारलाई नै फासीवाद बाट मुक्त बनाउने काम गर्न सकिन्छ । शताब्दीका एक महानतम् राजनीतिज्ञहरुको प्रतिभा , क्रियाकलाप र उपलब्धिहरूले भविष्यको धेरै ठूलो महत्त्व राखेको देखिन्छ। सम्पूर्ण संघर्षमा आर्थिक विकास, स्वतन्त्रता र क्रान्तिकारी उत्साह, दृढ इच्छा शक्ति, राजनीतिक चालबाजी, सुदृढ संकल्प क्षमताले किसानलाई सुदृढ गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्ने , जटिल परिस्थितिमा कसरी सफल नेतृत्वदायी भूमिका खेलेर एउटा देशलाई मात्र होइन संसारलाई नै रक्षा गर्न सक्दछ भन्ने महत्त्वपूर्ण ज्ञान प्राप्त गर्न , सत्ता संघर्षमा सफलता तुल्याउन देशको अर्थव्यवस्था सुधार्न, अन्तर्राष्ट्रिय स्तरमा त्यसलाई बलियो बनाउन, सैनिक दृष्टिले देशलाई बलियो बनाउन ,संसारमा सर्वहारा क्रान्तिको नेतृत्व गराउन , सर्वहारा वर्गको हातमा सत्ता दिलाउन ,सत्ताको प्रयोग र सर्वाहारा वर्गको समाजवादी राज्य स्थापित गर्न किसानहरुको या श्रमशक्तिको महत्वपुर्ण भुमिका हुन्छ ।
जय किसान
जय श्रमशक्ति
जय कृषि क्रान्ति

सन्दर्भ सामाग्री
१. माओको पाच कृति
२.मानव समाज राहुल
३. महान जनविद्रोह( गोपाल किराँती
४. किसान आन्दोलनको समस्यार समाधान–भक्ति प्रशाद लामिछाने
५. नेपालमा श्रमशक्तिर रोजगारीका आयामहरु – युवराज कंडेल

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित